Friday, 22 September 2017 05:39 pm, Nepal

देउडा खेल्दै भोट माग्दै उम्मेदवार

रासस : 2013-10-22 17:36:52


मुगु, ५ कात्तिक : देशभर संविधानसभाको अर्को निर्वाचनको सरगर्मी बढी रहेका बेला मुगुबाट उम्मेदवार बनेका राजनीतिक दलले गाउँगाउँमा गएर देउडा खेल्दै आफू र आफ्नो पार्टीलाई मत हाल्न देउडा खेल्दै जनतासँग अनुरोध गरिरहेका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार ऐनबहादुर शाही दसँैअगाडि नै आफ्नो भेक सोरुतर्फ चुनावका लागि घरदैलो अभियान गर्दै उक्त भेगका गाउँमा दसँैमा मनाइने पुनी पर्वको सदुपयोग गर्दै देउडा खेलमा सहभागी हुँदै मत मागिरहेका छन् ।

उता आफ्नो क्षेत्र खत्याडमा गएका एमालेका उम्मेदवार मोहन बाँनिया अहिले सदरमुकामका गाविसमा घरदैलो अभियानमा छन् । उनले पनि सदरमुकामका बस्तीमा दसँैका लाग्ने मेलामा गएर देउडामार्फत मत मागिरहेका छन् ।

अन्य गाउँठाउँमा लाग्ने मेला र खेलिने देउडा खेललाई राजनीतिक दलका नेता कार्यकर्ताले आ–आफ्ना पक्षका नेतालाई भोट माग्ने अवसरका रुपमा प्रयोग गरिरहेका छन् । उता एकीकृत माओवादीका उम्मेदवार सुकवीर बुढा पनि खत्याड भेकमा घर दैलो अभियानमा छन् ।

जिल्लाभरिका २४ गाविसमध्ये सात गाविस रहेको खत्याडमा आफ्नो बलियो पकड रहेको एमाओवादीले दाबी गरिरहेको छ । अन्य साना दलका उम्मेदवार पनि गाउँ दौडाहामा छन् । नयाँ राजनीतिक शक्तिका रुपमा देखिएको अखण्ड नेपाल पार्टीका उम्मेदवार दर्जबहादुर भामले सबैभन्दा बढी मत भएको सदरमुकाम क्षेत्रलाई पहिलो प्राथामिकतामा राखी घरदैलो अभियानमा व्यस्त छन् ।

मैदानमा रहेका मुख्य प्रतिस्पर्धी चार दलका उम्मेदवारमध्ये एमाले र एमाओवादीका उम्मेदवार खत्याड भेगका, काँगे्रसका सोरुभेगका, अखण्ड नेपालका गमभेगका स्थायी बासिन्दा भएकाले अहिले उम्मेदवारले भेगिए नारा लगाउने गरेकाले यसले चुनावमा प्रभाव पार्ने सक्ने नागरिक समाज मुगु शाखाका अध्यक्ष ज्ञानेन्द्र शाही बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु