dashain
Monday, 15 October 2018 04:38 pm, Nepal

महाकाली वन्दले जनजीवन प्रभावित

मेचीकाली : 2013-10-20 08:33:29


डोटी, ३ कात्तिक : आफ्ना नेता तथा कार्यकर्ता प्रहरीले पक्राउ गरेको भन्दै नेकपा–माओवादी सेती–महाकाली राज्य समितिले आज सेती महाकाली बन्दको घोषणा गरेपछि त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सुदूरपश्चिका अधिकांश जिल्लामा यातायातका साधन चलेका छैनन् । 

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिमका विभिन्न ठाउँमा पुग्ने कार्यक्रम विथोल्न यातायात बन्द गराउँदै गरेको अवस्थामा हिजो नेकपा माओवादी डोटी जिल्ला ईन्चार्ज सहित ४ जनालाई डोटीमा प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसको लगत्तै  नेकपा माओवादी सेती–महाकाली राज्य समिति ईचार्ज ओम प्रकाश पुन र सेक्रेटरी सरद सिं भण्डारीले संयुक्त विज्ञप्ती प्रकाशित गरि सेति महाकाली बन्दको घोषणा गरेका हुन् । डोटीका प्रहरी उपरिक्षक प्रेम चन्दले देशमा मंसिर ४ का लागि तोकिएको संविधानसभा निर्वाचन सम्बन्धी आचारसंहिता उलङ्घन गरेको र सार्वजनिक ठाउँमा अवरोध पु¥याएकाले पक्राउ गरेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु