dashain
Wednesday, 17 October 2018 06:58 am, Nepal

जन्ती बोकेको जिप दुर्घटनामा चौध घाइते

रासस : 2013-10-18 10:28:06


गुल्मी, १ कात्तिक : गुल्मीको वामीमा जन्ती सवार जिप बिहीबार राति दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।   बागलुङको रिघाबाट वामीमा दुलही लिन आएको ग१ज ५०३८ नम्बरको जिप वामी–२ र ३ को बीचमा राति आठ बजेतिर दुर्घटना भएको हो । 

 दुर्घटनामा जिपचालक  ३० वर्षीय टेकबहादुर श्रीश, रिघा निवासी बाटुली आचार्य र रिघाकै ७६ वर्षीय शशिधर सापकोटा गम्भीर घाइते भएका निमित्त जिल्ला प्रहरी प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

घाइतेहरूको वामी उपस्वास्थ्य चौकीमा उपचार भइरहेको जनाइएको छ । जिप सडकबाट करिब  सय मिटर तल खसेको बताइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु