Friday, 22 September 2017 05:39 pm, Nepal

संरक्षणको अभावमा कालिकिच ताल पुरिँदै

रासस : 2013-10-17 14:31:55


कञ्चनपुर– शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्र रहेको कालिकिच ताल संरक्षणको अभावमा पुरिँदै छ । जिल्लाको दक्षिणी भेग बेल्डाँडी गाविससँगै जोडिएको उक्त ताल जैविक विविधताले भरिभराउ भए पनि सम्बन्धित निकायको बेवास्ताका कारण दिनप्रतिदिन पुरिँदैछ ।तालको चारैतिरबाट उचित पानीको निकास र तालको सरसफाइ नभएका कारण ताल पुरिँदै गएको हो ।

 झन्डै पाँच वर्ग मिटर रहेको उक्त तालमा विभिन्न प्रकारका स्थानीय माछाका प्रजाति, जलचर प्राणी, हाँस, चखेवालगायत हिउँदमा सारर चरा पाइने गरेका छन् । तालको मुख्य विशेषता भनेको संरक्षित चरामध्येकै एक जोडी सारर प्रजाति चरासमेत पाइन्छ । 

शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालय मझगाउँका निमित्त कार्यालय प्रमुख  चन्द्रबहादुर चन्दले सरकारबाट बजेट उपलब्ध नगराएका कारण ताल सरक्षण गर्न नसकिएको बताउनुभयो । “ताल संरक्षणका लागि हामीसँगै कुनै बजेट छैन”, उहाँले भन्नुभयो । 

गत वर्ष पर्यटन बोर्डले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिसँगको समन्वयमा उक्त तालको दक्षिणीपट्टि ८८ मिटर बाँध बाँधेको बताउनुभयो । 

विभिन्न जङ्गली जनावरका लागि पानी पिउन र पानीमा पाइने प्रजातिका लागि उचित वासस्थानको व्यवस्था भएको सहायक संरक्षण अधिकृत चन्दले बताउनुभयो ।

 

सम्बन्धित निकायको मौनताका कारण ताल संरक्षण नभएको स्थानीय भीम बहादुर थापाको भनाइ छ । थापाका अनुसार, “ताल संरक्षणका लागि शुक्लाफाँटा वन्यजन्तु आरक्षले ध्यान नदिएको हो ।” 

कहिलेकाहीँ पोखरा, काठमाडौँका विद्यार्थीहरु अध्ययनका लागि आउने गरिएको सो तालको संरक्षण, सम्बद्र्धन भए अध्ययन, अनुसन्धान तथा पर्यकीय आकर्षणको केन्द्र बन्ने थापाको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु