Wednesday, 20 June 2018 01:59 am, Nepal

बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने महराको भनाई

मेचीकाली : 2013-10-14 16:26:44


रोल्पा, २८ असोज : एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् । देश निर्माण गर्न माओवादीमात्र सक्षम पार्टी भएको दाबी गर्दै अबको निर्वाचनमा जनताले विश्वासका साथ विजय गराउने बताए । 

रोल्पा क्षेत्र नं. १ का उम्मेदवार समेत रहेका महराले पहिलो संविधानसभाले संविधान निर्माण नगरी असान भएकोमा दुःख व्यक्त गर्दै अवको संविधानसभाले जनताको संविधान लेखेरै छोड्ने दाबी गरेका छन् । जनताको भाग्य र भविष्यको फैसला गर्ने संविधानसभाको निर्वाचन भएकाले परिवर्तनकारी शक्तिको विजय हुने उहाँको दाबी छ । 

संविधानसभाको निर्वाचन पटकपटक हुने निर्वाचन नभएकाले चुनामा सहभागि हुन सवैलाई अनुरोधसमेत गर्नुभएको छ । आफूहरुले प्रगतिशील राष्ट्रवाद चाहेको र आफ्नो मुख्य एजेन्डा पनि त्यही भएकाले सबै गोलबन्द हुनुपर्ने बताउनुभयो। पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका महराले पटकपटक सरकार फेरिने चलनले पनि देशमा विकास हुननसकेको बताउँदै स्थीर सरकार हुनुपर्ने बताउनुभयो । स्थीर तथा जनपक्ष्ीाय संविधान निर्माणको लागि अफ्नो पार्टीलाई विजय गारउनै पर्ने जिकिर गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु