Wednesday, 15 August 2018 09:13 am, Nepal

एम्बुलेन्सबाट घरेलु मदिरा बरामद

रासस : 2013-10-09 13:42:56


रौतहट, २३ असोज : प्रहरीले एक एम्बुलेन्सबाट आज रौतहटको शिवनगरमा घरेलु मदिरा बरामद गरेको छ । कोपुवा पिपरिया गाविसबाट बिरामी काठमाडाँै पु¥याएर गौरतर्फ फर्केने क्रममा जाँच गर्दा घरेलु मदिरा बरामद भएको प्रहरीले जनाएको छ । 

आज बिहान इलाका प्रहरी कार्यालय शिवनगरको टोलीले रुपमा जाँच गर्दा ना१झ ९६७ नम्बरको एम्बुलेन्सबाट ३० लिटर घरेलु मदिरा बरामद भएको हो । 

दुई महिलाले मदिरा गौर पु¥याइ दिन आग्रह गर्दै भाडावापत रु १०० दिएपछि आफूले ल्याएको चालक नवलकिशोर यादवले प्रहरीलाई बताएका छन् । 

घरेलु मदिरासहित एम्बुलेन्सलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गौरमा पठाइएको इलाका प्रहरी कार्यालय शिवनगरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु