dashain
Wednesday, 17 October 2018 03:38 pm, Nepal

डाक्टरले बिरामीमाथि यौन दुर्व्यवहार गरेपछि.....

रासस : 2013-10-06 17:07:46


विराटनगर, २० असोज : बिरामी महिलामाथि दुव्र्यवहार गर्ने नोबेल अस्पताल विराटनगरका एक चिकित्सकलाई प्रहरीले आज अनुसन्धानका लागि पक्राउ गरेको छ । विराटनगर–४ स्थित अस्पतालमा पित्तको थैलीमा रहेको ढुङ्गा देखिएपछि शल्यक्रिया गर्न अस्पताल आएकी एक  महिलामाथि जबर्जस्ती करणी गर्न खोज्ने शल्यचिकित्सक सञ्जीव जैसवाललाई प्रहरीले अनुसन्धानका लागि  पक्राउ गरेको हो । 

अभियुक्त जैसवालले शल्यक्रियाका लागि अस्पतालको केबिनमा लगी विभिन्न उपचार गर्नुपर्छ भन्दै जबर्जस्ती करणी खोजेकामा ती महिलाले चिच्याएपछि  उनी भागेका थिए ।

सो सम्बन्धमा थप अनुसन्धान र सोधपुछका लागि दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय मोरङ ल्याइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु