dashain
Wednesday, 17 October 2018 07:21 am, Nepal

किरियाबाटै उम्मेदवारी दर्ता

मेचीकाली : 2013-10-04 08:37:56


गुल्मी, १८ असोज : नेकपा (एमाले)का नेता गोकर्णराज विष्टले किरिया बसेकै अवस्थामा संविधानसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । बाबुको किरिया बस्नुभएका विष्टले बिहीबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । बुबा भीमबहादुर विष्टको गत हप्ता निधन भएकाले गृह जिल्ला गुल्मीको दोहोली गाविसस्थित घरमा किरिया बस्नुभएका विष्ट बिहीबार अबेर सदरमुकाम आएर उम्मेदवारी दर्ता गराउनुभएको हो ।  

विसं. २०५६ को संसदीय चुनावमा उठ्दा उहाँका भाइ गगन विष्टको हात काटिएको थियो भने झलनाथ खनाल प्रधानमन्त्री हुँदा ऊर्जामन्त्रीमा नियुक्त भएको दिन अज्ञात समूहले उहाँको हात काटिदिएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु