Tuesday, 26 September 2017 04:55 pm, Nepal

हेलिकोप्टर चार्टर गरेर जिल्ला पुगे उम्मेदवारहरु

रासस : 2013-10-03 08:39:38


मुगु, १७ असोज : संविधानसभाको निर्वाचनमा टिकट पाएका काँग्रेस र एमालेका उम्मेदवारहरु बुधबार काठमाडौँबाट हेलिकोप्टर चार्टर गरेर सदरमुकाम गमगढी पुगेका छन् । केही दिनसम्म उम्मेदवारको टुङ्गो नलाग्दा अन्योलमा रहेका काँग्रेस–एमालेका कार्यकर्तालाई अहिले चुनावी वातावरणले छोएको छ ।

 बिहीबार प्रत्यक्ष निर्वाचनतर्फको चुनावका लागि उम्मेदवारी मनोनयन गर्ने मिति नजिक आएपछि नेपाली काँग्रेसमा प्रत्यक्षको टिकट पाएका ऐनबहादुर शाही र एमालेका मोहन बानिया काठमाडाँैबाट हेलिकोप्टर चार्टर गरी गमगढी पुग्नुभएको हो ।

उहाँहरुसँगै काँग्रेसबाट प्रत्यक्ष निर्वाचनको उम्मेदवारको टिकटको एक नम्बर सूचीमा रहेका हस्तबहादुर मल्ल र एमालेका उम्मेदवारका दावेदार गोपाल बमसमेत हेलिकोप्टरमार्फत जिल्ला आउनुभएको छ ।

जिल्लामा प्रतिस्पर्धीका रुपमा दावेदार देखिएका दुवै दलका उम्मेदवार र अन्य नेता एउटै हेलिकोप्टर चार्टर गरी जिल्ला आएपछि चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न दलले आपसी समन्वयमा जोड दिएको केहीले अनुमान गरेका छन् ।

संविधानसभाको निर्वाचनमा एकीकृत माओवादीबाट प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारको टिकट पाएका सुकवीर बुढा, अखण्डका दर्जबहादुर भाम, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजबहादुर मल्ललगायत अन्य दलका उम्मेदवार जिल्ला पुगिसकेका छन् ।

बिहीबार प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने मिति तोकिएपछि जिल्लाका प्रमुख राजनीतिक दलले मनोनयन दर्ता गर्ने बेला नारा–जुलुससहित आफ्नो पार्टीको जनमत प्रदर्शन गर्ने गरी तयारी गरिरहेका छन् । काठमाडाँैदेखि मुगुसम्मका लागि ६ लाखमा हेलिकोप्टर चार्टर गरिएको बुझिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु