dashain
Wednesday, 17 October 2018 12:41 am, Nepal

भिक्षा मागेर उम्मेदवारी !

रासस : 2013-09-30 18:56:27


बाजुरा, १४ असोज : बाजुरा जिल्लाका एक साधुले संविधानसभाको निर्वाचनमा उम्मेदवारी दर्ता गर्न लाग्ने धरौटी रकम भिक्षा मागेर सङ्कलन गरी निर्वाचनमा लड्ने तयारी गरेका छन् । एक हातमा कमण्डलु, त्रिशूल र अर्को हातमा कछुवाको हड्डी बोकेका र आधा शरीर पहेंलो कपडाले छोपेर उनले आजदेखि सदरमुकाम मार्तडीमा अभियान सुरु गरेका छन् ।

आफूलाई श्री ८ महात्मा शिवभक्त राजभक्त देव गिरी भन्ने ती साधुले आफैंले मात्र रकम धरौटी राख्दा कम मत आउने देखिएकाले जनतासँग धरौटी रकम मागेको बताए ।

उनले भने, “जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पटकपटक धाएपनि धरौटी रकम कति लाग्ने हो यकिन जानकारी पाएको छैन, जिल्ला न्यायाधीशले रु तीन हजार लाग्ने भनेका छन् ।”

दरबार नजिक भनी चिनाउन चाहने गिरीले आज मात्रै रु दुई हजार ५०० सङ्कलन गरेको बताए । 

यस अगाडि उनी स्वतन्त्र उम्मेदवार भई चुनाव लडिसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु