dashain
Monday, 15 October 2018 04:39 pm, Nepal

मरुवा रोगले कालीमार्सी धान सखाप

रासस : 2013-09-30 10:34:43


जुम्ला, १४ असोज : जेठ–असारमा पसिना चुहाएर असोज–कात्तिकमा बाली भण्डारण गर्ने आशा राखेका किसान मरुवा रोगले धान सखाप भएपछि चिन्तामा परेका छन् । विश्वकै अग्लो स्थानमा फल्ने कालीमार्सी धान मरुवा रोगको कारण बर्सेनि नष्ट हँुदै गएको छ । 

मार्सीधान वर्षैपिच्छे लगाइने कारण मरुवा रोगको जीवाणु खेतको माटोमुनि ओत लिएर बसेको हुने र सो रोग लागिसकेपछि क्यान्सर जस्तै हुने बताइन्छ । रोग लागेको स्थानबाट हटाउनुका साथै यसलाई नष्ट गर्नाका लागि मङ्सिरमा जोतेर जमिन पल्टाउनुपर्ने जिल्ला कृषि विकास कार्यालयले बताएको छ । 

अहिले जिल्लाका चन्दननाथ, महत, गज्र्यांकोट, कार्तिकस्वामी, तलिउम, तातोपानी, कुडारी, रारालिही देपालगाउँ लगायतका गाविसहरूमा मार्सी धान मरुवा रोगले धान नष्ट बनाएको छ । यसरी कालीमार्सी धान मरुवा रोगको कारण हराउँदै गएकाले यसको संरक्षणमा चुनौती देखिएको छ । 

यद्यपि संरक्षण लागि बीउ छान्दा राम्रो बाला छान्नुपर्ने कृषि विज्ञहरूले सुझाएका छन् । जिल्ला कृषि विकास कार्यालयको अगुवाइमा तयार पारिएको पाँचवर्षे कार्ययोजनासहितको १० वर्षीय कृषि विकास रणनीतिक योजनाले यो समस्या सम्बोधन गर्ने आशा यस क्षेत्रका किसानले राखेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु