Friday, 22 September 2017 05:36 pm, Nepal

छोराले गराए बाबुको बिहे !

रासस : 2013-09-27 10:40:24


मुगु, ११ असोज : मुगु राराका एक युवकले आफ्ना ५६ वर्षीय बाबुको धुमधामले बिहे गराएर समाजमा बुढेसकालमा आमाबाबुलाई वास्ता नगर्ने सन्तानलाई पाठ सिकाएका छन् । रारा गाउँ विकास समिति–३ खनाया गाउँका वीरबहादुर बल यही असोज २ गते आफ्ना ५६ वर्षीय बुबा रतनबहादुर बमको नार्थपु गाविस–२ जवलधाराकी ४२ वर्षीया जन्मकला शाहीसँग बाजागाजासहित धुमधामसँग बिहे गराई गाउँलेलाई भोजभतेरसमेत गरेर उदाहरणीय बनेका हुन् ।

छवर्षअघि जन्म दिने आमा गुमाएका बम वृद्घ बाबुको बिहे गराएर आमाको खुसी फर्काउन पाउँदा हर्षित देखिन्छन् । पाँच सन्तान र सात नातिनातिना भएका बाबु बम पनि खुसी देखिन्छन् । छोरा वीरबहादुर बम एभिन्यूज टेलिभिजन मुगु जिल्ला समचारदाताका रूपमा कार्यरत् छन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु