Sunday, 24 September 2017 02:33 pm, Nepal

आमा र छोराहरू उम्मेदवारका लागि सिफारिस

रासस : 2013-09-27 10:39:32


मुगु, ११ असोज : मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि एकै घरका आमा र छोराहरू फरक–फरक राजनीतिक दलबाट उम्मेदवारका लागि सिफारिसमा परेका छन् । नेपाली काँगे्रस मुगुका पूर्वजिल्ला सभापति कृष्णबहादुर मल्लकी श्रीमती र दुई छोरा फरक–फरक दलबाट उम्मेदवारका लागि सिफारिसमा परेका हुन् ।

श्रीनगर गाँउ विकास समिति–३ छत्यालवाडा गाउँ बस्ने मल्लकी श्रीमती धनशिला मल्ल नेपाली काँगे्रस मुगुबाट समानुपातिकतर्फबाट र जेठा छोरा हंशबहादुर मल्ल नेकपा (माले) तथा कान्छा छोरा आशीष मल्ल राष्ट्रिय जनजागरण पार्टीबाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिसमा परेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु