dashain
Wednesday, 17 October 2018 07:15 am, Nepal

आठ महिनादेखि बलात्कृत हुँदै आएकी बालिका गर्भवती

रासस : 2013-09-24 10:57:43


राजविराज, ८ असोज : सप्तरीमा एक १३ वर्षीया बालिका छिमेकीको पटक–पटकको बलात्कारबाट गर्भवती भएकी छन् । बनैनियाँ गाविस–३ का १९ वर्षीय अशोककुमार पण्डितले आफूलाई आठ महिनादेखि पटक–पटक बलात्कार गरेको पीडितले बताएकी हुन् । सो सम्बन्धमा पण्डितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सोमबार किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडित बालिकाको शारीरिक अवस्था र बयानका आधारमा जबर्जस्ती करणीमा जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पीडित बालिकाकी आमाले पीडितको सुरक्षा र दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि अञ्चल अस्पताल राजविराजले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएपछि उनको आज धरानमा स्वास्थ्य परीक्षण गरिने अस्पतालले जनाएको छ । पीडित बालिकाले घरमा कोही नभएको बेला आउने पण्डितले आफूलाई डरधाक देखाई बलात्कार गर्ने गरेको र कसैलाई भनेमा ज्यान मार्ने धम्की दिने गरेको बताइन् ।

गत असोज ३ गते साँझ ६ बजे मजदुरीबाट फर्केकी पीडितकी आमाले नाङ्गो अवस्थामा रोइरहेकी छोरीलाई सोधपुछ गर्दा आठ महिनादेखि उनी बलात्कृत भइरहेको थाहा पाएको प्रहरीमा दिइएको उजुरीमा उल्लेख छ ।

पीडितका बुबा रोजगारीका लागि भारतको पञ्जावमा मजदुरी गर्छन् भने आमा गाउँमै जनमजदुरी गर्छिन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु