Tuesday, 26 September 2017 04:55 pm, Nepal

रारा तालको सतह पुरिँदै

मेचीकाली : 2013-08-03 17:05:55


मुगु, १९ साउन : नेपालकै ठूलो र गहिरो रारा तालको सतह विस्तारै पुरिँदै जान थालेपछि त्यसलाई रोक्न रारा राष्ट्रिय निकुञ्ज कार्यालयले विकल्प खोजिरहेको छ । सो तालमा ३४ वटा खोला आएर मिसिने गर्दछन् । विषेशगरेर वर्षाका बेला खोलामा बाढीसँगै आउने झारपात र माटो जम्मा हुन थालेपछि तालको सतह पुरिने क्रम सुरु भएको हो । 

यो क्रम नरोकिए कुनै पनि बेला ताल फुट्न सक्ने निकुञ्ज कार्यालयको बुझाइ छ । 

दस दशमलव ६५ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको तालको गहिराई १६७ मिटर रहे पनि अहिले तालको सतह विस्तारै पुरिँदै जानथालेको निकुञ्ज कार्यालयका प्रमुख भोगेन्द्र रायमाझीले बताउनुभयो ।

हिमाली राष्ट्रिय निकुञ्ज नियमावलीअनुसार मध्यवर्ती क्षेत्रभित्रका स्थानीय उपभोक्ताका लागि वस्तुभाउ चरिचरन खुला रहेकोले ताल छेउछाउमा वस्तुभाउ ल्याउँदा तालमा माटो, पातपतिङ्गर जाने गरेको निकुञ्ज कार्यालयको भनाइ छ । 

कार्यालयका अनुसार धमिलो पानी र फोहोर तालमा प्रवेश गर्न नदिन निगालोको बोटले फिल्टरको काम गर्ने भएकाले अहिले दुईवटा खोलामा ३५० वटा निगालोका बिरुवा रोपिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

अर्कोतर्फ तालको पूर्व दिशातिर पर्ने सेरी मालिका मध्यवर्तीको वन क्षेत्रमा तीव्र वन फँडानी हुने गरेकाले उक्त क्षेत्रमा हुने भूक्षयका कारण पनि तालको गमगढीतिरको भाग जोखिममा रहेको छ । 

ताललाई बचाउने हो भने प्रत्येक खोलामा व्यापक रूपमा वृक्षरोपण गर्नुपर्ने तथा चोरी सिकारी र वन फँडानी बढी हुने क्षेत्रमा सुरक्षा पोष्ट स्थापना गर्न सरकारी तबरबाट विषेश पहल हुनुपर्ने रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष विर्षबहादुर रोकाया बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु