dashain
Wednesday, 17 October 2018 03:47 pm, Nepal

आफ्नै बुवाबाट बालिका बलात्कृत, पीडक फरार

मेचीकाली : 2013-07-28 17:39:51


रोल्पा, १३ साउन : रोल्पा सदरमुकाम लिवाङ नजिकैको ह्वामा गाविसका एक व्यक्ति आफ्नै छोरीलाई बलात्कार गरी फरार भएका छन् । ह्वामा गाबिस वडा नं. ७ का जसमान रोकाले १२ वर्षिय आफ्नै छोरीमाथि विगत एक वर्षदेखि बारम्बबार जबरजस्ती गर्ने गरेको पाइएको हो । जसमानकी श्रीमती दुर्गा रोकाले उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । 

आफूले घटना थाहा पाएपछि कोठा भित्र थुनेर श्रीमान फरार भएको दुर्गाको उजुरीमा भनिएको छ । कसैलाई भनेमा आमाछोरीलाई नै मार्छु भन्दै जबर्जस्ती गर्ने गरेको पीडित बालिकाले बताएकी छिन् । जसमान रोकालाई जबरजस्ती करणी र हाडनाता करणी गरी २ वटा मुद्दा लाग्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा पछिल्लो ६ महिनामा ३ वटा हाडानाता करणी सम्बन्धी मुद्दा दर्ता भएका छन् । ती सबै आफ्नौ छोरीमाथिको करणीका मुद्दा रहेको छ । हाडनाता करणीमाको मुद्दामा एक जनाले जेल सजाय भोगिरहेको छ भने अर्को एकजना जेलबाटै फरार भएको छ । अन्य २ जनाले पनि जिल्ला कारागार रोल्पामा जबरजस्ती करणीको मुद्दामा जेल सजाय भोगिरहका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु