Saturday, 23 September 2017 06:00 am, Nepal

'पत्रकार महासंघमा गल्ति गर्नेहरु भस्म हुनेछन्'

मेचीकाली : 2013-07-21 10:17:30


Nawaraj-नवराज बजजगाई, संयोजक
प्रेस चौतारी नेपाल, काभ्रे

'हामी महासंघ भित्र त्यस्तो अनियमितता भएको भए छानविन गरी यथार्थ ल्याउने र दोषि भए कारवाही गर्ने पक्षमा हिजो पनि थियौं आज पनि छौं र भोली पनि रहिरहनेछौं । महासंघका नाममा कसैले बदमासी गर्छ भने त्यो हाम्रा लागि मान्य हुने छैन ।' 

– प्रेस चौतारीको भर्खरै अधिबेशन आयोजक कमिटी गठन भएको छ, के गर्दैछ ? 

प्रेस चौतारी संचारकर्ममा लागेका संचारकर्मीहरुको छहारीको रुपमा रहेको एउटा साझा चौतारी हो । जसले पत्रकारितामा संलग्न रहेकाहरुको हकहित र उनिहरुको अधिकार स्थापित गराउने काम गर्छ । त्यहि स्थापित गराउने क्रममा जुटिरहेको छ । हामी भएका सदस्यहरुलाई अझ शशक्त, कृयाशिल गराई पत्रकारितामा प्रवेश गर्दै गरेकाहरुलाई समेत चौतारीमा आवद्ध गराएर केहि समय भित्रै अधिबेशनको तयारीमा जुटेका छौं । 

– चौतारीमा आवद्ध हुन के गर्नु पर्ने हो र को को यसका सदस्य हुन सक्छन् ? 

चौतारी प्रगतिशिल र ब्यवसायीक पत्रकारहरुको साझा संगठन हो । यसमा सदस्य बन्न विशेषगरी संचारमाध्यममा कृयाशिल भएका, शहर तथा गाउँका दुरदराजसम्म रहेर संचारकर्म गरिरहेका ब्यक्तिहरु आवद्ध हुन सक्छन् । तिनै संचारकर्ममा जुटेका जसले शहरको पहुँच गाउँसम्म नपाएका, गाउँको दुरदराजको अवस्था शहरले नदेखेको अवस्थामा मसिनो ढंगबाट सुचनाको प्रवाह गर्ने ब्यक्तिहरु यसको सदस्य हुन सक्छन । पछिल्लो समय शहरमा बसेकाहरुलाई मात्रै पत्रकार भन्ने अभियानको विरुद्ध हामी गाउँमा रहेर लामो समय देखि सुचना पस्कने ब्यक्तिहरुलाई पनि यहि भित्र आवद्ध गराएर सुचनाको पहुँचलाई फराकिलो बनाउने अभियानमा जुटेका छौं । 

– पत्रकारको परिभाषा भित्र शहर र गाउ“ छुट्टिन्छ ? 

छुट्टिदैन । छुट्याउनु पनि हुँदैन । किनकी शहरमा बसे पनि गाउँमा बसे पनि उसले गर्ने कर्म भनेको संचारकर्म हो । शहरमा बसेर सत्ताभत्ताका कार्यक्रमको रिपोर्टिङ्ग गर्ने भन्दा गाउँबस्तिका विषयबस्तुलाई समाजसम्म पु¥याउनेले समाजलाई केहि बढि सन्देश नै दिएको हुन्छ । यसो भन्दैमा शहरमा बसेर सन्देश दिन सकिदैन होइन बढि चाँहि गाउँबस्तिका बास्तविकतालाई उजागर गर्नु अहिलेको आवश्यकता बनेको छ । शहरमा रहने कृयाशिल र गाउँमा रहेर सुचना प्रवाह गर्ने पत्रकार चाँहि कृयाशिल होइनन भन्ने हाम्रो मान्यता होइन । एउटा पत्रकार जहाँ रहेर पनि समाज परिवर्तनका लागि सुचना प्रवाह गरिहेको हुन्छ । 

– तर पत्रकार महासंघले त गाउ“मा रहेर पत्रकारिता गर्नेलाई पत्रकार नै मान्न सकेन भन्ने कुरा सार्वजनिक भयो नि ? 

मलाई त्यस्तो लाग्दैन । यदि कोहि कसैले आफ्नो प्रभुत्व जान्छ भनेर यो वा त्यो को कुरा गर्छ भने त्यस्तो महासंघ सबैको बन्न सक्दैन । मैले माथि पनि भनिसकें गाउँ वा शहर, नेपाल वा विदेश जहाँ रहेर पनि समाज परिवर्तनका लागि जनताको सुचनाको पहरेदारका रुपमा कृयाशिल ब्यक्ति पत्रकार हुन । यदि कसैले होइन भन्छ भने त्यो भन्दा साँघुरो मानसिकता अरु केहि हुन सक्दैन । शहरमा आएर दुई चार दिन राजनीतिक कार्यक्रममा सहभागि हुँदैमा, सडकमा निस्कदैमा पत्रकार मान्न सकिदैन । 

– तपाई पत्रकार महासंघको पनि उपाध्यक्ष हुनुहुन्छ, भर्खरै सम्पन्न पत्रकार महासंघको बैठकमा गाउ“ र शहरका पत्रकारहरुका विषयमा चर्चा भयो भन्ने सुनियो नि ?

हामीले महासंघको बैठकमा शहर र गाउँको विभेद भनेर कहिल्यै कुरा उठाएनौ । केहि साथिहरुले नबुझेका कारण त्यो विभेद दर्शाउनु भयो । त्यो उहाँहरुको कमजोरी हो । सँगै महासंघको नै कुरा गर्ने हो भने बहुमत साथिहरुले महासंघको विधान अनुसार योग्यता पुगेका साथिहरुलाई विचार नमिलेकै कारण सदस्यता दिने अधिकारबाट बञ्चित गराउने दुस्प्रयास गर्नु भयो । हामीले त्यसको जोडदार विरोध ग¥यौं । र भन्यौं पत्रकरितामा कृयाशिल रहेका र योग्यता पुगेका साथिहरुलाई महासंघमा गोलबद्ध गरौं । सदस्यता दिऔं, त्यो पुरा हुन सकेन । र विरोध स्वरुप हामी बैठक छाडेर निस्कन बाध्य भयौं । ताकि त्यहाँ श्रमजिवी पत्रकारको पक्षमा वकालत गर्ने साथिहरु कम थियौं । 

केहि साथिहरुले गाउँमा रहेर सुचना प्रवाह गर्ने पत्रकारहरुलाई सदस्यता दिनै नसक्ने चर्काे आवाज उठाउनु भयो । हामीले त्यसखालको विभेदको अन्त्यका लागि आवाज उठायौं र उठाई रहने छौं । काठमाडौमा रहेर पत्रकारिता गर्ने साथिहरुले पनि जिल्लाकै भएका नाताले सदस्यताको माग गर्नु भएको थियो उहाँहरुलाई पनि सदस्यता दिने कुरामा साथिहरुले आफ्नै ढुकुटीबाट अनुदान दिन लागेको रकम जस्तै ठान्नु भयो । कुरै गर्ने हो भने महासंघको पदाधिकारी नै कति कृयाशिल छन् ? कार्य समितिमा भएका सबै पत्रकारितामा संलग्न छन् त ? केहि पदाधिकारीहरु अन्य जिल्लाबाट आएर काभ्रेमा पत्रकारिता गरिरहनु भएको छ । अब हामीले तपाई सदस्यताका लागि आफ्नै जिल्लामा जानुस् भन्ने ? हामी त्यस्तो पक्षमा छैनौं । नेपाल पत्रकार महासंघको विधानले तोकेको योग्यता पुगेका सबै आवेदकहरुले महासघंको सदस्यता पाउनु पर्छ र कसैलाई विचारको आधारमा, गाउँ र शहरको आधारमा, जिल्ला भित्र र बाहिरका आधारमा, लिङ्ग, वर्ग र जातका आधारमा सदस्य बन्न पाउने अधिकारबाट बञ्चित गराउनु हुँदैन भन्ने पक्षमा म र मेरो संगठन लागेको छ ।

– त्यसो भए तपाई संयोजक रहेको प्रेस चौतारी किन आन्दोलनमा त ?

मैले माथि नै भनिसकें । प्रेस चौतारी समग्र संचारकर्ममा लागेका श्रमजिवी पत्रकारहरुको हक हित र क्षमता अभिबृद्धिमा सघाउने र उनिहरुको दुख सुखको सह्दयी बन्ने सहयोगी संस्था हो । तिनै पत्रकारहरुलाई योग्यता पुग्दा पुग्दै पनि सदस्यता दिलाउन नसकेपछि उनिहरुको हक स्थापित गराउनका लागि हामीहरुको आन्दोलन हो । 

– तपाई आफै उपाध्यक्ष भएको संस्थाले फरक परिभाषा लगाउ“दै चौतारी निकटका साथिहरुलाई सदस्यता नदिने निर्णय गरेको होइन र ? 

चौतारीका लागि नदिने भन्ने निर्णय त होइन तर महासंघको निर्णयले त्यस्तो देखायो । कृयाशिल हुँदा हुँदै पनि उनिहरुलाई सदस्यता दिलाउन नसकेकोमा म ग्लानी छु । सँगै जजसले विचार नमिलेको र कुम नजोडेको आधारमा सदस्यता नदिने प्रयास गर्नु भो उहाँहरु प्रति मलाई घृणा लाग्छ । त्यसो हुँदा हुँदै पनि म जस्तो संचारक्षेत्रमा कृयाशिल र योग्यता पुगेका साथिहरुलाई सदस्यता दिनु पर्छ भन्ने साथिहरु कम भएकै कारण सदस्यता दिन सकेनौं र हामी बैठकै छाडेर हिड्न बाध्य भयौं । 

– बैठक छाडेपछि चा“हि ति साथिहरुको सदस्यता आउ“छ त ? 

श्रमजिवी पत्रकारहरुको पक्षमा वकालत गर्ने हामीहरु छँदा त गर्न नसकेको काम अरुबाट होला जस्तो लाग्दैन । तर पनि कार्यसमितिमा रहेका साथिहरुले महासंघलाई साच्चिकै साझा संस्था र पत्रकारहरुको छाता संगठन बनाउन चाहनु भएको छ भने योग्यता पुगेका सबैले सदस्यता पाउनु पर्छ । 

– योग्यता पुगेका सबैलाई सदस्यता नदिने निर्णय भैसक्यो भन्ने सुनिन्छ नि ? महासंघले सिफारिस गरेका भनेका नया“ सदस्यहरुको चा“हि सबैको योग्यता पुगेको थियो त ?

तपाईले के सुन्नु भयो त्यो त मलाई थाहा छैन । तर योग्यता पुगेका सबैले सदस्यता पाउनु पर्छ भन्नेमा हामी अडिग थियौं र छौ पनि । हुँदा हुँदै पनि जसका लागि साथ दिन म पत्रकार महासंघको उपाध्यक्ष थिएँ तिनीहरुको पक्षमा लाग्दा लाग्दै पनि बहुमतको नाममा विचार नमिलेको आधारमा उनिहरुको अधिकार कुण्ठित गर्ने प्रयास भए पछि मैले त्यहाँ बस्नु सान्र्दभिक ठानिन । बैठकमा विचार मिलेकै भरमा केहि साथिहरुले तथा स्वयं नेतृत्वले पनि योग्यता नपुगेका, कागजात नभएका ब्यक्तिहरुको पनि जर्वजस्ति सदस्यता स्विकृत गराउने प्रयास गर्नुभयो । हाम्रो त्यसमा आपत्ति रह्यो । चौतारी निकट भनेर चिनिएका साथिहरुको सबै कागजात र योग्यता पुग्दा पनि सदस्यता स्विकृत हुन नसक्ने, नेतृत्वसँग जुठोपुरो चल्ने ब्यक्तिहरुको सदस्यता स्विकृत गर्ने निर्णयका विरुद्ध हामी आन्दोलनमा उत्रिएका हौं । 

हामी बहुमतका नाममा देखाईएको ताण्डव नृत्यको अन्त्य गर्न, योग्यता र क्षमता पुगेका आवेदकहरुलाई सदस्यता दिलाउन र निश्क्रिय जो कहिल्यै पत्रकारितामा संलग्न छैन त्यस्ता ब्यक्तिहरुको सदस्यता नविकरण रोक्ने आन्दोलनको नेतृत्व गरिरहेका छौं । आवेदकहरुलाई विचारकै आधारमा फाइलै नहेरी पत्रकार होइन भन्दै क्रिटीसाइज गर्ने, कृयाशिल साथिहरुलाई अनेक आरोप लगाउने र बैठकमै आवेदकहरुको अधिकारलाई निकृष्ट शब्द प्रयोग गरी उत्तेजित बनाउने जस्ता कृयाकलापको पनि हामीले विरोध गरेका हौं । यो अभियानमा साथ दिन हामी सम्पूर्ण कृयाशिल साथिहरुलाई आब्हान पनि गर्न चाहन्छौं । 

– तपाईहरुको आन्दोलन चा“हि विज्ञप्ती मात्रै हो त ? 

आन्दोलन भनेर हामी बन्दुक निकालेर गोली हान्दैनौं । जुत्ताको माला लगाउनु पर्छ भनेर उकासेका साथिहरुको पछि पनि लाग्दैनौं । सदस्यता स्विकृत नहुँदैमा गुण्डाहरु लगाएर कुट्न जाऔ भन्ने साथिहरुको पछि पनि हामी छैनौं । हामी कानुनी र अधिकारको लडाइका लागि शान्तिपुर्ण बैचारिक लडाईमा जुटेका हौं । हामीले नेतृत्वको ध्यानार्कषण गरेका छौं । हाम्रा जायज मागहरु दर्ज गरेका छौं । मौखिक वा लिखित राखिएका मागहरु सुनुवाई नभए चरणवद्ध आन्दोलनको घोषणा गरी अधिकार पाउनबाट बञ्चित सदस्यहरुको अधिकार प्राप्तीका लागि लड्ने छौं । त्यो क्रममा हामी स्थापीत गराउने छौ कि हेपिएका र पीडितहरुको आक्रोश जितमा परिणत हुनेछ । जसको परिणाम गल्ति गर्नेहरुले भस्म भएर भोग्नु पर्नेछ । 

– आन्दोलनमा सबैको समर्थन छ त ? 

यो आन्दोलन मेरो ब्यक्तिगत स्वार्थका लागि होइन । यो त अधिकार भएर पनि अधिकार खोसिएकाहरुको आन्दोलन हो । हामी हातमा राँको बोकेर, आगो खोज्न हिड्यौ भने कहिले पाउँदैनौ । तर आफ्नो अधिकार स्थापित गराउन चाह्यौ भने जहिले पनि सक्छौं । जसका लागि हामी आफै लाग्नु पर्छ । अरुले दिएर लिने होइन । त्यसैले यो अधिकार प्राप्तीको आन्द्योलनमा सबैको साथ र समर्थन छ । यो आन्दोलनमा सहयोग गर्न सबैलाई थप अनुरोध पनि गर्दछु । 

– महासंघ भित्र ब्यापक आर्थिक अनियमितता भयो भन्ने सुनिन्छ नि ?

यो कुरा महासंघको २०६९ माघमा भएको साधारण सभामै उठेको हो । महासंघका हरेक गतिविधिहरुमा आर्थिक अनियमितता भएको कुरा सदस्यहरुले उठाएपछि त्यसको विषयमा छानविन गर्न समिति नै बनाउन निर्देशन दिएको कुरा कसैका सामु छिपेको छैन । बरु एक महिना भित्र गठन गर्न निर्देशन दिएको छानविन समिति आजसम्म गठन हुन नसक्नु दुर्भाग्य हो । यसले पनि महासंघ नेतृत्व कतै अनियमितता ढाकछोप त गर्न लागेको छैन भन्ने शंका उब्जनु स्वभाविक पनि हो । हामी महासंघ भित्र त्यस्तो अनियमितता भएको भए छानविन गरी यथार्थ ल्याउने र दोषि भए कारवाही गर्ने पक्षमा हिजो पनि थियौं आज पनि छौं र भोली पनि रहिरहनेछौं । महासंघका नाममा कसैले बदमासी गर्छ भने त्यो हाम्रा लागि मान्य हुने छैन । 

– अन्त्यमा पत्रिका मार्फत केहि भन्नुहुन्छ ? 

संचारकर्ममा लागेका हामीहरु पत्रकार महासंघको सदस्य भए पनि नभए पनि पत्रकार हौ । जनताको सुचना पाउने अधिकारलाई समाजसम्म पु¥याउन लागि पर्ने सुचना बाहक हौ । त्यसैले कसैले सदस्यता पाउँदैमा उसको नाक घिरौला हुने र नपाउँदै करेला हुने होइन । आफ्नो क्षेत्रमा कृयाशिल भएर लागौ आफुले केहि लिन भन्दा पनि समाजलाई केहि दिन अभिप्रेरित बनौ । जसबाट पाउने आत्मसन्तुष्टिलाई नै मार्गदर्शन मानौं । त्यो नै हाम्रो महानता हुनेछ । यो अवसर दिनु भएकोमा तपाईको लोकप्रिय संचारमाध्यम र ब्यक्तिगत रुपमा तपाईलाई पनि हार्दिक धन्यवाद । 

खबर चौतारी साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु