Tuesday, 26 September 2017 12:37 am, Nepal

दुई घण्टा हिँडेर एक गाग्री पानी

मेचीकाली : 2013-07-04 11:12:12


मुगु, २० असार : तीन किलो मिटरपारिको डाँडाबाट ल्याइएको खानेपानीको पाइप चुँडिएपछि किम्री गाविसका बासिन्दा दुई घण्टा हिँडेर एक गाग्री पानी खान बाध्य छन् । जिल्ला सदरमुकाम गमगढीदेखि दुई दिन हिँडेर पुगिने विकट गाउँ किम्रीमा ६ वर्ष पहिले ग्रामीण खानेपानी तथा सरसफाइ कोष (फण्ड बोर्ड) को आर्थिक र सप्रोस नेपाल नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा ल्याइएको खानेपानीको पाइपलाइन चुँडिएपछि गाउँमा खानेपानीको समस्या भएको हो ।

गाउँमा खानेपानीको कुनै विकल्प नभएपछि गाउँलेहरू दुई घण्टा टाढा रहेको डोल्फु कर्णालीको दूषित पानी खान बाध्य भएको किम्रीका कार्माचुम्मा लामाले बताउनुभयो । 

युवायुवती भएका घरपरिवारले नदीबाट भए पनि खानेपानी उपभोग गर्दै आए पनि वृद्धवृद्धा भएका घरमा भने झन् समस्या भएको छ । 

मान्छेसँगै पशुवस्तुलाई समेत खानेपानीको समस्या सिर्जना भएको छ भने दूषित पानीको प्रयोगले उतm गाउँमा झाडापखाला, आँउमासी र रुघाखोकीजस्ता रोगबाट एक दर्जनभन्दा बढी मानिस प्रभावित भएको स्थानीयवासी बताउँछन् ।

उतm गाउँमा वडा नं १, २ र ३ का ६० घरधुरीका ३०० घरपरिवार बसोवास गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु