Friday, 22 September 2017 05:39 pm, Nepal

आसन्न चुनाव र कांग्रेसको भूमिका

मेचीकाली : 2013-07-01 10:20:11


-अर्जुननरसिंह के.सी.

दोहोर्‍याएर हुन लागेको संविधानसभाको निर्वाचनका लागि मुलुकमा कार्यरत् ‘पाहुना मन्त्रिपरिषद्’ लाई हामीले वर्तमानको ‘बाध्यता’ को चश्माले मात्र होइन, भविष्यमा उत्पन्न हुनसक्ने विविध परिणाम र प्रभावको कसीमा पनि हेर्नुपर्ने हुन्छ । त्यो भनेको वर्तमान चुनावी मन्त्रिपरिषद्को सार्थकता मुलुकमा निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक संविधान बनाउनसक्ने सार्वभौम संविधानसभाको तोकिएको मितिभित्र गठनमा मुख्य रुपले केन्द्रित छ ।

 विद्यार्थी युनियनको चुनाव ‘अवश्य हुन्छ’ भने पनि स्थगित गरेको कारण संविधानसभाको निर्वाचनको पनि त्यही नियति हुने त होइन भन्ने आशंकाले सरकार र दलहरूलाई थप जवाफदेही बनाएको छ । 

कतिपय दलहरू चुनाव बिथोल्ने कुरा गरिरहेका छन् । मुलुक ‘ब्यालेट’ (चुनाव) को बाटोमा प्रवृत्त भइसकेको बेला ‘बुलेट’ (सशस्त्र विद्रोह) सम्मका धम्कीहरू पनि आइरहेका छन् । संविधान लेख्नका लागि गरिन लागेको चुनावमा राष्ट्रका तमाम् राजनीतिक, सामाजिक तथा नागरिक शक्तिको सकारात्मक सहभागिता अनिवार्य हुन्छ । मुख्यत: यो संसदीय निर्वाचन होइन, त्यसैले कुन पार्टीले सरकार गठन गर्ने वा कसले कुन क्षेत्रबाट चुनाव जित्ने भन्नेमात्र सवाल होइन । यो संविधानसभाको चुनाव हो । आगामी शताब्दीयौासम्मका लागि नेपाल राज्य सञ्चालनको सर्वोच्च र सर्वमान्य दस्तावेज र भावी हाम्रा सन्ततिलाई कस्तो नेपाल दिएर जाने भन्ने दूरगामी महत्वको सवाल हो । यस्तो निर्वाचनको विकल्प खोज्नु वा रोज्नु, बहिस्कार र बिथोल्ने काम सम्पूर्ण रुपबाट जनचाहनालाई निर्ममताका साथ लत्याउने र लोकतन्त्रमाथि प्रहार गर्ने षड्यन्त्र हो । यो सन्दर्भमा मुलुकको सबभन्दा जेठो र जिम्मेवार लोकतान्त्रिक पार्टी, जसले २००६ सालदेखि नै लोकतन्त्रका विश्वव्यापी रुपमा स्वीकृत सर्वमान्य सिद्धान्तलाई स्थापित गर्दै यसका विरोधीहरूलाई पनि लोकतान्त्रिक आदर्शमा ल्याउन सहजकर्ताको काम गर्‍यो, त्यो ऐतिहासिक पृष्ठभूमिको नेपाली कांग्रेसप्रति वर्तमान भूमिका के भन्ने प्रश्नमा आम जनताको चासो केन्द्रित हुनु स्वाभाविकै हो ।

कांग्रेसको भूमिका: विघटित संविधानसभाको असफलता नेपाली कांग्रेसको चुनावी पराजयको दु:खद् परिणति थियो । संविधान जसलाई चाहिएको थियो, ती शक्तिहरू ‘सेट ब्याक’ मा परे । जसलाई संविधान नै चाहिएको थिएन, संविधानसभा जसका शास्त्रको सिद्धान्त, आदर्श वा आस्था नै होइन, तिनीहरूबाटै संविधानको पक्षमा ठूल्ठूलो स्वरमा ढोल–नगरा बजाए पनि सत्तामा बसेर संविधान निर्माणविरूद्ध अनेक बहाना र बखेडा झिकेर भााजो हाल्ने काम भइरह्यो । यस्तो दबदबा अहिले पनि यथावत् छ । त्यसैले कांग्रेसका हामी सबैले ‘निर्वाचन भक्ति’ को छद्मभेषमा भइरहेको लोकतन्त्रद्रोही गतिविधिलाई राम्रोसाग बुझ्नु र उदाङ्ग पार्नु आवश्यक भएको छ । 

कांग्रेसलाई यो निर्वाचन, खासगरी राष्ट्रियताको सुदृढीकरण, संविधान निर्माण, लोकतान्त्रिक प्रणाली सुचारु, स्थायी शान्तिको प्रत्याभूति र मुलुकको समग्र विकासका लागि ढोका खोल्ने प्रयोजनका लागि हो । तर, फरक कहाानेर छ भने एमाओवादीलाई संविधानसभाप्रति ओंठेभक्ति देखाएर त्यसको संसदीय हैसियत, आफ्नो सरकार गठन र सर्वसत्तावादी शासनका लागि मात्र निर्वाचन चाहिएको उसका अभिव्यक्तिबाटै जगजाहेर भइरहेको छ । उसलाई त्यस्तो संविधान चाहिएको हो, जसले उसका विगतका सबै खत माफ गरिदेओस् । त्यसैले हामी सबै निर्वाचन त भनिरहेका छौा, तर त्यसप्रतिको महत्वबोध फरक छ । बाटो एउटै छ, तर यात्रा र लक्ष्य फरक छ । 

यस निर्वाचनद्वारा नेपाली कांग्रेसले जनताको भााचिएको मन र निराशालाई आशा र उत्साहमा बदल्ने उपचारका रुपमा लिनु परेको छ । हामी सपना–व्यापारी होइनौा । असम्भव आश्वासन बााडेर जनमत ठग्ने फगत हत्कण्डाका रुपमा होइन, यो चुनावबाट जनताको सार्वभौम शक्ति जागरण गराउने र राष्ट्रहित तथा जनचाहनालाई पूरा गर्ने कटिबद्धताका साथ कांग्रेसले जनतासाग यो निर्वाचनमा ‘भरत मिलाप’ गर्छ । जनताका यावत् आवश्यकता र चाहनाको प्रतिनिधित्व गर्ने मार्गदर्शनयुक्त घोषणापत्र बोकेर हामी जनताका घरदैलोमा पुग्नु जरुरी छ । अघिल्लो संविधानसभा १० अर्ब रुपैयाा व्यय गरेर कसको कुकृत्यबाट सहिद भयो र आजको परिस्थिति आयो ? संविधानसभामा सबभन्दा ठूलो जुन पार्टी गठबन्धन र बहुमतका साथ सरकारको नेतृत्व गर्छ, संविधान बनाउन नसकी संविधानसभा विघटन भएको दोष हास्यास्पद रुपमा अरूमाथि थोपर्छ । सहमतिको दुहाइ दिने तर सहमतिको हस्ताक्षरको मसी नसुक्दै त्यसको विरोध गर्ने राजनीतिक बेइमानीको यथार्थता जनसमक्ष राख्नैपर्छ । निर्वाचनका क्रममा यी सबै गुह्य कुराको पर्दाफास गर्नु लोकतन्त्रवादीको हैसियतले हामीले आफ्नो जिम्मेवारी ठानेका छौा ।

निर्वाचन प्रक्रियामा असहमत भएका पार्टीहरूलाई पनि अधिकतम् लचकताका साथ उनीहरूका मागलाई सम्बोधन गर्दै निर्वाचनमा सहभागी हुने वातावरण सिर्जना गर्नु अनिवार्य छ । तर, सरकार विघटन र चुनावको मिति सार्ने कुरामा सम्झौता गर्न सकिादैन । यसो गर्ने हो भने तोकिएको मितिमा चुनाव हुन सक्दैन । उच्चस्तरीय राजनीतिक संयन्त्रले यी सबै कुरालाई सम्बोधन गरेरमात्र निर्वाचनको मिति घोषणातर्फ उन्मुख हुनु पथ्र्यो । तर, विवादित विषयहरू टुङ्गो लगाउनुको सट्टा तीन महिनापछि सरकारलाई जिम्मेवारी सुम्पिनु र अनिर्णयको बन्दी हुनुले अक्षमताको प्रदर्शनमात्र देखिएको छ । 

मधेश र कांग्रेस: कांग्रेस कमजोर हुादा मधेशी देशबन्धुहरू बेवारिस हुने, मधेश बिथोलिादा कांग्रेस कमजोर हुने यस्तो अन्योन्याश्रित सम्बन्धको इतिहास मधेश र कांग्रेसका बीच रहिआएको छ । पञ्चायतकालमा कांग्रेस प्रतिबन्धित हुादा यसले ‘अराष्ट्रिय तत्व’ र ‘भारतपरस्त’ जस्ता आरोप खेप्नु परेको थियो भने त्यही पञ्चायतकालमा ‘आप्रवास तथा बसाइासराइ’ सम्बन्धी हर्क गुरूङको सरकारी टास्कफोर्सको प्रतिवेदनमा तराईवासी मधेशी नेपालीलाई ‘भारतीय मूलका’ भनी परिभाषित गरियो । यसरी ‘भारतपरस्त’ र ‘भारतीय मूलका’ भनी हामी एकसाथ पञ्चायती मार भोग्नेमा परेका थियौा । 

नेपाली कांग्रेसले मुलुकमा युगान्तकारी परिवर्तनका एजेण्डा, नीति र कार्यक्रम मधेशकै धर्तीमा वरण गरेको हो । देशभित्र नेपाली कांग्रेसको पहिलो महाधिवेशन २००९ सालमा जनकपुरधाममा सम्पन्न भयो, जहााबाट कांग्रेसले छुवाछुतविरोधी प्रस्ताव र राष्ट्रव्यापी अभियानको सङ्कल्प लिएको थियो । २०१२ सालमा वरण गरिएको प्रजातान्त्रिक समाजवाद वीरगञ्जमा भएको महाधिवेशनबाटै हो । २००७ सालको जनक्रान्ति नै मधेशको भूमिबाट सफल भएको हो । मधेश र कांग्रेसका यस्ता अनगन्ती साझा गौरवमय ऐतिहासिक अध्यायको निरन्तरता नै नेपाली कांग्रेस हो । 

तर आज दु:खका साथ भन्नैपर्छ, मधेशकेन्द्रित दलले मधेशी समाजलाई उपयोगितावादी राजनीतिको प्रयोजनमा मात्र बुझिदिादा मधेशी समाज बेवारिसभैंm बन्न पुग्यो । अत्याचारी शासनको तावाबाट खसेर विरादरी हैकमको माखेसाङ्लोमा पर्न जाादा मधेशी देशबन्धुहरू पीडाको पीडामै रहे । अत: हाम्रो आह्वान छ, नेपालका समान अंशियार मधेशी देशबन्धुहरूलाई, मधेशी जनताको सच्चा पार्टी नै नेपाली कांग्रेस हो । मधेशको धर्ती नेपाली कांग्रेसको कर्मभूमिमात्र होइन, गुरूकुल नै हो । अत: कांग्रेस आगामी निर्वाचनको बेडा मधेशी जनताको व्यापक समर्थन र सहभागितामा पार लगाउने सङ्कल्पमा छ । मधेशीहरूलाई राज्य व्यवस्थाका तीनै शक्ति ‘अर्थ’ (अर्थतन्त्र), ‘कलम’ (बौद्धिक तथा नीति निर्माण तह) र ‘बन्दुक’ (सेनालगायत सुरक्षा अङ्ग) मा न्यायोचित सहभागिताका लागि नेपाली कांग्रेसले ढोका खुला राख्नुपर्छ र राखेको छ । वास्तवमा अब हामी कुनै विकल्पमा होइन, आफ्ना सङ्कल्पमा अडिएर यो निर्वाचन सम्पन्न गर्न चाहन्छौा । तराई/मधेशको सम्मान, पहिचान, समानता र स्वतन्त्रताको पक्षमा हामी प्रतिबद्धताका साथ मधेशी समाजसागै छौं । कांग्रेसले यसमा अझ स्पष्ट हुनु र मधेशी समाजको विश्वास आर्जन गर्नु जरुरी छ । 

कांग्रेस र जनजाति: कुनै बेला भनिन्थ्यो–नेपाली कांग्रेस खस–आर्यहरूको युक्ति, जनजातिको शक्ति र दलितको निष्ठा वा भक्तिको धातुले बनेको पार्टी हो । २००७ सालको जनक्रान्तिमा कांग्रेसको झन्डा बोकेर रगत बगाउनेमा अधिकांश जनजाति समुदायका नेपालीहरू नै थिए । २०१६ सालमा पहिलो जननिर्वाचित सरकार गठन हुादा सर्वप्रथम मधेशी र जनजाति पहिचान बोकेका नेताहरूलाई यति धेरै संख्यामा स्थान दिइयो कि हाम्रा विरोधीहरूले ‘मन्त्रीमा यत्रोविधि मतवाली ?’ भनी जिब्रो टोक्थे र निन्दा गर्थे, इतिहास बताउाछ । वास्तवमा लोकतन्त्रमा वास्तविक समावेशी अभ्यास गर्ने पार्टी नै नेपाली कांग्रेस हो । रगतले लेखिएको यस्तो गौरवमय इतिहासले वर्तमानमा जनजातिहरूलाई नेपाली कांग्रेसमै आबद्ध भइरहेर आफ्नो पहिचान र संस्कृतिको चौतर्फी विकास गर्न आह्वान गरिरहेको छ । नेपाली कांग्रेस आसन्न निर्वाचन र संविधान लेखनमा आदिवासी जनजाति, वञ्चितीकरणमा परेका वा लोपोन्मुख सम्पूर्ण जातजातिका यावत् एजेण्डाहरूलाई समेट्ने सङ्कल्पलाई निरन्तरता दिन्छ । पहिचान र सामथ्र्यका लागि राष्ट्रिय जीवनका हरेक जातजाति, दलित, महिला, मुस्लिम अल्पसङ्ख्यक तथा उपेक्षितलगायत पिछडिएका समुदाय र क्षेत्रका सबै नागरिकको समानुपातिक र न्यायोचित प्रतिनिधित्व, पहुाच र सहभागिताका लागि नेपाली कांग्रेस पूर्ण प्रतिबद्ध छ र यस्ता कार्यक्रमहरूबारे अझ स्पष्टताको जरुरी छ । 

दलित र कांग्रेस: मुलुकका करिब ४० लाख दलितहरूले नेपाली कांग्रेसको स्थापनादेखि नै अपनत्वको भाव यहााभित्र पाएका हुन् । २००९ सालमा सम्पन्न पााचौा (जनकपुर) महाधिवेशनमा छुवाछुतविरोधी प्रस्ताव पारित तथा सोही महाधिवेशनपछि पार्टीका संस्थापक नेता धनमानसिंह परियारलाई पार्टीको महामन्त्री बनाएदेखि नै कांग्रेस दलित समुदायको पार्टीको रुपमा प्रमाणित भएको हो । धनमान (डीएम) परियार, देवव्रत (डीबी) परियार, आरबी गहतराज, लख्खिदेवी सुन्दास, फत्तेबहादुर नेपाली, ठाकुरकुमार पार्थिव, मास्टर रामस्वरूप आदि दलित व्यक्तित्वहरू नेपाली कांग्रेसका संस्थापक सदस्य हुनुहुन्थ्यो । नेपाली कांग्रेसको स्थापनाका लागि डीएम परियारकै घरमा तयारी बैठक भएको र उहाा पार्टीको महामन्त्री समेत रहनुभएको इतिहास साक्षी छ । 

करिब ५४ प्रतिशत दलित जनता भूमिहीन छन् । गाउाका पनि विकट स्थानमा उनीहरूको बसोबास छ । अशिक्षा, गरिबी, उपेक्षित र तिरस्कृत जीवन बिताउनु परेका दलितका पक्षमा कांग्रेसले जेजति प्रयास लगाउादै आयो, त्यो अन्य पार्टीका गतिविधि हेर्दा अतुलनीय छ । लोकतन्त्रको सौन्दर्य र सार्थकताका रुपमा समावेशिता खोज्ने जोसुकैले पनि कांग्रेसको इतिहास र वर्तमानमा यो पार्टी सबैभन्दा अगाडि रहेको पाउाछ । एघारौा महासमिति बैठकले समावेशिताको दिशामा पार्टीलाई अझ व्यापक बनाएर लगेको छ । 

यसका साथै नेपाली कांग्रेसले किसान, मजदुर, असंगठित श्रमिक, बेरोजगार युवायुवतीहरू, रोजगारीकै लागि विदेशिन बाध्य भएका युवाहरू, द्वन्द्वबाट पीडित परिवारहरूलाई प्राथमिकतामा राखेर आगामी निर्वाचनका कार्यक्रम बनाउनु जरुरी छ । मुलुकका मुख्य वर्ग र पेशागत समुदाय यिनै हुन् । राष्ट्रका मेरुदण्ड मानिने यी वर्ग र समुदायका समस्या नसुल्झाएर र आवश्यकता पूरा नगरी राष्ट्रको वास्तविक समस्या समाधान हुादैन । 

विकासको दृष्टिले हाम्रो मुलुक निरन्तर स्खलित हुादैछ भन्ने सूचकाङ्क एसएलसी परीक्षाको हालैको निराशाजनक परिणामले पनि प्रमाणित गरेको छ । त्यसैले यति बेला धेरै नेपालीका घरमा गम्भीर निराशा र चिन्ता ल्याएको छ किनकि लोकतन्त्रमा अपनाइने विकासको गतिमा शिक्षाको सामथ्र्य, कानुनको प्रणाली र समाजबाट उठ्ने स्वाभाविक अभियानको समन्वयबाट नै कुनै पनि मुलुक समृद्धितिर लाग्ने पूर्वाधार बन्न पाउाछ भन्ने हाम्रो मान्यता छ ।

नेपाली कांग्रेसले सबै पक्ष, वर्ग र समुदायका मुद्दाहरूलाई स्पष्ट सम्बोधन गर्दै सैद्धान्तिक स्पष्टताका साथ आगामी निर्वाचनमा सहभागी हुनु अनिवार्य छ । पार्टीभित्र व्यापक र सहज एकता कांग्रेसका लागिमात्र होइन, लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता र विकास चाहने सबैको निम्ति अनिवार्य छ । तसर्थ पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित, वैज्ञानिक र पारदर्शी बनाउादै कसैले कसैको मुख हेरेर वा कसैका खोट र गल्ती उधिनेर होइन, सिङ्गो पार्टीको बृहत्तर हितलाई ध्यानमा राख्नु कांग्रेसको जिम्मेवारी भएको छ । अत: कसैको मुख हेरेर होइन, कांग्रेसको सिद्धान्त र ‘रूख’ हेरेर हामीले समग्र एकता कायम गर्नुपर्छ । यो निर्वाचन लोकतन्त्रका पक्षधर र सर्वसत्तावादको जनमत संग्रह हो । नेपाली कांग्रेस र अन्य लोकतान्त्रिक पक्षधरहरूबीच न्यूनतम् समझदारी कायम गर्दै आगामी निर्वाचनमा दुई तिहाइ बहुमत हासिल गर्न सकेमात्र लोकतान्त्रिक संविधान बनाउन सकिन्छ र नेपाल र नेपालीको भविष्य सुरक्षित हुन्छ भन्ने सचेतना बोकेर हामीले चुनावमा जानु छ । कांग्रेसको विजय र सफलता नै संविधान निर्माण, राष्ट्रियताको जगेर्ना, लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति स्थापना, सुरक्षाको प्रत्याभूति, विकासमा गतिशीलता, सन्तुलित परराष्ट्र नीति तथा सफल कुटनीतिक भूमिकाका लागि ग्यारेन्टी हो । 

(लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्) 

-ब्लाष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु