Tuesday, 26 September 2017 11:14 am, Nepal

मुगुको नाङ्ग्री गाविस झाडापखालाबाट प्रभावित

मेचीकाली : 2013-05-28 14:24:01


मुगु, १४ जेठ : जिल्ला सदरमुकाम गमगढीदेखि १२ कोस टाडा पर्ने नाङ्ग्री गाविसमा फैलिएको झाडापखालाबाट एक बालकको मृत्यु हुनुका साथै कयौँ व्यक्ति प्रभावित भएका छन् । झाडापखालाबाट वडा नम्बर–८ महगाउँ बस्ने ठिल्ले लामाका दुई वर्षीय छोराको यही जेठ ११ गते राति मृत्यु भएको ढिलो गरी प्राप्त समाचारमा जनाइएको छ ।

गाविसमा रहेको एक मात्र स्वास्थ्य चौकीमा औषधि अभाव भएको चौकी इन्चार्ज बलबहादुर बुढाले बताउनुभएको छ ।

विगत एक महिनादेखि यस क्षेत्रमा पानी नपर्नाले मानिसहरु विभिन्न रोगबाट सङ्क्रमित भएका छन् भने खेतबारीमा लगाइएको बाली डढेर क्षति पुगेको छ ।

समयमा नै सम्बन्धित निकायले उचित ध्यान नदिएमा झाडापखालाको महामारी फैलिन सक्ने सम्भावना देखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु