dashain
Wednesday, 17 October 2018 03:39 pm, Nepal

प्रेम गरेको आरोपमा अछाममा एक दलित युवालाई १० वर्ष देश निकाला

मेचीकाली : 2013-05-22 08:46:08


अछाम, ८ जेठ  : गैरदलितकी श्रीमतीसंग प्रेम गरेको आरोपमा अछाम भैरबस्थानका एक युवकलाई देश निकाला गरिएको छ । अछाम भैरबस्थान गाविस वडा नं. २ का १७ वर्षीय महेन्द्र विकलाई स्थानीय गैरदलितको समूहले गम्भीर कुटपिट गर्दै १० वर्ष सम्म नेपाल र्फकन नपाउने घोषणा गर्दै देश निकाला गरीएको हो ।

 सुर्खेतको एक गैरसरकारी संस्थामा महेन्द्रका बुवा बिसे तिरुवाले निवेदन दिएपछि घटना सार्वजनिक भएको हो । भैरवस्थान गाविसकी २२ बर्षीया विवाहित महिला पद्मा बिसीसंग प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले निर्घात कुटपिट गरी देशनिकाला गरेका हुन् ।  महिलाका बाबु टेकबहादुर बुढा लगायत स्थानीय चन्द्र बिसी, टीकाराम विसी, भुवन सिंह, टेकबहादुर बिसी लगायत गैरदलितले महेन्द्रको घरमै गएर कुटपिट गरी १० बर्षसम्म नेपाल नफकिर्ने बाचा गराएर भारत पठाएको तिरुवाको भनाई छ ।कुटपीट पछि देश निकाला पछि महेन्द्रको अहिले भारतको पञ्जाबमा उपचार भइरहेको छ । प्रहरीले समेत महेन्द्र नै दोषी भएको ठहर गर्दे १५ हजार जरिवाना गरी तारेखमा छाडेको बताईएको छ । 

त्यसपछि कथित उच्च जातिका गाउँलेको समूहले सामूहिक यातना दिँदै गैरदलितसंग प्रेम गरेको भन्ने स्वीकार गर्न लगाई २०६९ चैत्र १४ गते देशनिकाला गरेको महेन्द्रका बाबु बिसे तिरुवाले बताउनु भयो । दलित भएकै कारण विकलाई देश निकाला गरेको झण्डै २ महिना भईसक्दा पनि सहयोग गर्ने कोही नुहुँदा घटना बाहिर आउन सकेको थिएन । अछामका प्रमुख प्रहरी नायब निरीक्षक श्यामप्रसाद पौडेलले भने उनीहरुवीच फोन सम्पर्क भएपछि आफन्तले निगरानी गरेको र प्रहरीले दोषी ठहर नगरेको प्रतिक्रिया दिनु भएको छ । भैरवस्थान तथा विनायक प्रहरी चौकीमा विबाद समाधान हुन नसकेपछि गाउँलेहरुले नै यसो गरेका उहाँको भनाई छ ।

यो विषयका प्रतिक्रियाहरु

Milan:May 23, 2013 06:45:32 AM

यो देश दलितको होइन, यहाको कानुन दलितको लागि होइन, यो सरकार दलितलाई केहि सक्दैन भने बिचार दलित देश(!) निकाला गरेर विदेश मै बसेको राम्रो नि होइन र????.?.???

देश निकाला गर्ने अधिकार चाही कल्ले दियो ?

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु