dashain
Monday, 15 October 2018 04:51 pm, Nepal

रोल्पा कारागारमा सुरुङ खनेर आठ जना कैदीबन्दी भागे, खोजी कार्य जारी

मेचीकाली : 2013-05-12 08:55:08


रोल्पा, २९ वैशाख : रोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदी भागेका छन् । गएराती कारागारको पश्चिमी भागबाट सुरुङ खनेर उनीहरु भागेको प्रहरीले जनाएको छ । राती सबै सुतेका बेला साढे १२ बजेतिर कैदी भागेको प्रहरीले जनाएको छ ।

 सुरुङ खनेर भाग्नेमा अर्जुन सेन, धुव्र डाँगी, चम्फे बिक, बसन्त रोका, राजु थापा, कृष्ण ओली, राजबहादुर ओली र दिपक पुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले सीआईएनलाई जानकारी दिएको छ । भागेको जानकारी पाए पनि स्कूलको आवासीय क्षेत्रबाट गएकाले गोली हान्न नसकिएको प्रहरी निरिक्षका सरोज पौडेलले टेलफोनमा जानकारी दिनुभयो । उनीहरु गैंडाको खाग तस्करी, जर्बजस्ती करणी र डाँका मुद्दाका अभियुक्त हुन । सुरक्षाका लागि कारागारमा १९ जना प्रहरी खटिएका थिए । आज बिहानबाट सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरीले जनाएको छ ।

यो विषयका प्रतिक्रियाहरु

Sher Bahadur:May 12, 2013 03:33:48 PM

भन्न र सुन्न पनि लाज मर्दो, गाई पालना सक्नेले दाम्लो बाटना नसक्ने धिक्कार होस् जेल प्रसासन,

Ramhari Nepal:May 12, 2013 10:34:31 AM

यो धेरै नै भो .
अब त्यहाका कर्मचारी लाइ कारवाही गर्नु पर्छ .

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु