Wednesday, 26 September 2018 03:22 pm, Nepal

६२ बर्षे बुढालाई वैश आएपछि.....

मेचीकाली : 2013-03-11 13:21:02


सुर्खेत, २८ फागुन : पश्चिम सुर्खेतको बाबियाचौरमा एक ६२ वर्षीय बृद्धले आफ्नी चार वर्षकी नातिनीलाई बलात्कार गरेका छन् । बाबियाचौर– ५ चतुरेका ६२ वर्षीय सुके सार्कीले आफ्नी चार वर्षीया नातिनीलाई आइतबार बिहान बलात्कार गरेका हुन् ।

बालिकाकी आमा जङ्गलमा घाँस काट्न गएको मौका छोपेर बिहान १० बजेतिर सुकेले फकाई  गोठमा लिएर नातिनीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । सुके सार्कीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरले आइतबार दिउँसो पक्राउ गरेको छ ।  

‘आफू घाँस काट्न गएको बेला छोरीलाई फकाई ससुराले बलात्कार गरेको बालिकाकी आमाले जाहेरी दिएकी छन्’ इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक सुगन्द श्रेष्ठले भने,‘जाहेरीका आधारमा बलात्कारमा संलग्नलाई पक्राउ गरिएको छ ।’ बलात्कृत बालिकाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

‘हामी घटनास्थलमा पुग्दा बालिकाको यौनीबाट रगत बगिरहेको थियो’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘अहिले स्थानीय मेडिकलमा उपचार गराइरहेका छौँ ।’ बलात्कृत बालिकाका बुबा रोजगारका लागि भारतमा छन् ।

यो विषयका प्रतिक्रियाहरु

raj:Mar 11, 2013 05:10:42 PM

yasto laia ta linga katnu parchha

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु