dashain
Wednesday, 17 October 2018 07:05 am, Nepal

नेपाली सेनाको पूर्व कर्नेलकै घरबाट झन्डै ५० लाखको रक्तचन्दन बरामद

मेचीकाली : 2013-03-02 08:41:54


बारा, १९ फागुन : नेपाली सेनाको पूर्व कर्नेलकै घरबाट झन्डै ५० लाखको रक्तचन्दन बरामद गरिएको छ । प्रहरीले बाराको गोलागंज गाविसबाट गएराति ५० लाख भन्दा बढी मुल्य बराबरको रक्तचन्दन बरामद गरेको छ । विशेष सुचनाको आधारमा गएराति पौने ९ बजेतिर गएको प्रहरीले नेपाली सेनाको पूर्व कर्नेल प्रेम चन्द्र कुशवाहाको घरबाट तीन सय ५० किलो रक्तचन्दन बरामद गरेको हो । 

इलाका प्रहरी कार्यालय सिम्रोनगढको इन्स्पेक्टर राम प्रकाश चौधरी र शसस्त्र वेशक्याम्प गोलागंजको इन्स्पेक्टर विरभद्र नाथको संयुक्त कमाण्डमा गएको टोलीले बोरामा राखिएको अवस्था रक्तचन्दन बरामद गरेको हो । प्रहरीले एक जना तस्करलाई समेत पक्राउ गरेको छ । रक्तचन्दनको तस्करीमा संलग्न रहेको बाराको उचिडिह गाविस वडा नम्वर ९ का ४८ बर्षिय परमानन्द साह कलवारलाई पक्राउ गरेको छ भने अरु तस्कर भागेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको हो । पक्राउ गरिएको तस्कर र रक्तचन्दनलाई अहिले प्रहरी नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु