dashain
Monday, 15 October 2018 04:40 pm, Nepal

छोरा अन्तिम अवस्थामा पुगेपछि पूर्वराजाद्वारा मन्दिर भ्रमण

मेचीकाली : 2013-02-22 14:38:18


सिमरा, ११ फागुन : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहले आज बिहान बाराको सिमरामा रहेको राम जानकी मन्दिरको भ्रमण गर्नुभएको छ । माघको अन्तिम साता सिमरा आउनुभएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमलले आज पहिलो पटक मन्दिर दर्शन गर्नुभएको हो । 

सिमरा स्थित प्रभु शमशेरको निबासमा बसिरहनुभएका उहाँहरुले थाइल्याण्डमा उपचाररत छोरा पारशको स्वास्थ्य लाभको कामनाका निमीत मन्दिरको दर्शन गरेको बताइएको छ ।   बिहान ११ः२० मा सिमराको मुख्य बजारमा रहेको रामजानकी मन्दिरमा आइपुग्नुभएका पूर्व राजा ज्ञानेन्द्र र कोमलले पुजाआजा नगरे पनि मन्दिर दर्शन गरेर मन्दिरका पुजारीसँग टीका ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु