Wednesday, 26 September 2018 02:50 pm, Nepal

बनेपामा कांग्रेस र एमालेका कार्यकर्तामाथि माओवादीको आक्रमण

मेचीकाली : 2013-01-29 15:01:03


–पत्रकारसमेछ छानी छानी कुटिए

काभ्रे, १६ माघ : प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालोझण्डा देखाउन खोज्ने विपक्षी कांग्रेस एमालेका कार्यकर्ता तथा माओवादीका कार्यकर्ताबीच आज बनेपामा झडप भएको छ । प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन बनेपाको तीन दोबाटोमा बसेका विपक्षी कार्यकर्तामाथि माओवादीका कार्यकर्ताले आक्रमण गरेपछि दोहोरो झडप भएको हो । 

सडकमा सयौंको संख्यामा प्रहरी परिचालन गरे पनि प्रहरीले झडप नियन्त्रणमा ध्यान नदिएपछि झडप झनै चर्किएको थियो । झडपको क्रममा एक दर्जन भन्दा बढी विपक्षी कार्यकर्ता घाइते भएका छन् । उनीहरुको अहिले उपचार भइरहेको छ । झडपपछि आयोजित कोणसभामा कांग्रेस जिल्ला सभापति शिव हुमागाईं, एमाले काभ्रेका उपसचिव अशोक व्याञ्जु लगायतले संवोधन गरेका थिए ।

 यसैबीच माओवादी कार्यकर्ताहरुले पत्रकार प्रकाश सुन्दास  कृष्णचन्द्र बञ्जारालाई कुटपिट गरेका छन् भने झडपमा परी हाम्रा सहकर्मी एवं पत्रकार महासंघ काभ्रेका सचिव मोतिराम तिमल्सिना घाइते भएका छन् । समाचार संकलनका लागि खटिएका पत्रकार माथि समेत माओवादीका कार्यकर्ताहरुले छानी छानी आक्रमण गरेका थिए । पत्रकारमाथि आक्रमण भएको तथा दुव्र्यवहार भएको विरोधमा काभ्रेका पत्रकारहरुले प्रधानमन्त्री भट्टराई तथा माओवादी अध्यक्ष प्रचण्ड सहभागी माओवादीको सम्मेलन बहिस्कार गरेका छन् ।  

यो विषयका प्रतिक्रियाहरु

gorkha:Jan 29, 2013 05:31:50 PM

धेरै राम्रो खबर !

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु