dashain
Tuesday, 16 October 2018 10:38 pm, Nepal

झडप र ढुंगा हानाहानका बीच माओवादीका नेताले दैलेखमा के भने ?

मेचीकाली : 2013-01-23 19:20:49


दैलेख, १० माघ : एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुको शान्तिपूर्ण सभामा ढुङ्गामुडा गरेर विपक्षी दलले आतङ्क मच्चाउन खोजेको आरोप लगाउनुभएको छ । आफ्नो जिल्ला अधिवेशनमा अवरोध पुर्‍याएर विपक्षीले अलोकतान्त्रिक चरित्र देखाएको उहाँको भनाई थियो । 

दैलेख जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्तिपूर्ण सभामा लुकेर ढुङ्गा हान्नेहरु लोकतान्त्रवादी हुनै नसक्ने बताउनुभयो । अध्यक्ष दाहालले जनयुद्धको बेलादेखि अहिलेसम्म सामन्ती र प्रतिगमनकारी शक्तिहरु माओवादीलाई सिध्याउन लागिपरेको उल्लेख गर्नुभयो । माओवादीलाई सिध्याउने प्रयासकै रुपमा पछिल्लो समय पत्रकार डेकेन्द्र थापा र नेपाली सेनाका कर्णेल कुमार लागमाको घटना कोट्याईएको उहाँको दावी थियो ।

 

दैलेखको घटनाले पार्टी र जनतालाई झन एक ढिक्का हुन सहयोग गरेको उहाँको भनाई थियो । अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टराईले अहिलेको लोकतन्त्र नक्कली भएको बताउनुभयो । वास्तविक लोकतन्त्रमा शान्तिपूर्ण सभामा ढुङ्गामुडा नहुने उहाँको भनाई थियो । प्रधानमन्त्री भट्टराईले डलरको धन्दा गर्नेले मूलुकमा द्धन्द्ध निम्त्याएको टिप्पणी समेत गर्नुभयो । द्धन्द्ध चाहानेले नै बेलायतमा कुमार लामा पक्राउ गर्नेदेखि दैलेखमा पत्रकार थापाको विषय उचालेको बताउनुभयो । पत्रकार थापाको हत्यारालाई कारवाही गर्नुहुदैन भनी सरकारले कहिल्यै नभनेको उल्लेख गर्दै उहाँले द्धन्द्धकालमा मारिएका सबैलाई एकैपटक सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर न्याय दिलाउनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु