Wednesday, 25 April 2018 12:07 am, Nepal

आज दैलेखमा वार कि पारको अवस्था

मेचीकाली : 2013-01-23 08:48:58


– विपक्षीदलहरु प्रधानमन्त्रीलाई रोक्ने तयारीमा, सुरक्षा व्यवस्था कडा 

दैलेख, १० माघ : विपक्षी दलले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई दैलेख जिल्ला प्रवेशमा रोक लगाउन आज जिल्ला बन्द गराएका छन् । ७ विपक्षी दलले आज दिउँसो २ बजेदेखि ४ बजे सम्मका लागि यातायात र दिनभर सदरमुकाम बन्द गरि प्रदर्शन गर्ने बताएका छन् । ठाउँ ठाउँमा रुख ढालेर सदरमुकाम आउने चारैतिरका नाका बन्द गराएका छन् । 

एमालेका जिल्ला अध्यक्ष अम्मरबहादुर थापाले प्रधानमन्त्रीले जबरजस्ती प्रवेश गर्न खाजे सयुक्त अवरोध गर्ने सीआईएनलाई जानकारी दिनुभयो । त्यस्तै एकीकृत नेकपा माओवादीले पनि विपक्षीको आन्दोलनलाई मध्यनजर गरि कार्यकर्ता जिल्ला पुर्याएको छ । छिमेकी जिल्लाबाट समेत नेताहरुको सुरक्षाका लागि भन्दै सयौ कार्यकर्ता दैलेख पुगेको एकीकृत माओवादीले जनाएको छ ।

 जिल्ला सम्मेलन उद्घाटनका लागि आजप्रधानमन्त्री भट्टराईका साथै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , उपप्रधानमन्त्री एवं उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु दैलेख पुग्ने कार्यक्रम रहेको छ । दुईपक्षबीच झडप हुनसक्ने भन्दै स्थानिय प्रशासनले पनि सुरक्षा कडा पारेको छ । सुर्खेतबाट समेत प्रहरीको टोली सुरक्षाका लागि दैलेख पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु