dashain
Monday, 15 October 2018 04:37 pm, Nepal

डोटीमा भयानक दुर्घटना २९ जनाको मृत्यु थुप्रै घाइते

मेचीकाली : 2013-01-12 08:39:02


डोटी, २८ पुस : अछामको जैगडबाट कैलालीको टीकापुर जाँदै गरेको बस डोटीको छत्तिवनमा दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । ना ४ ख ३६०३ बस डोटीको छतीवन गाविस ९ रुपसकाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परी १३ जनाभन्दा बढी घाइते छन् । मृत्यु हुनेमा २२ पुरुष, ६ महिला र एकजना बालक रहेको डोटीका प्रहरी निरीक्षक दिलीप सिंहले जानकारी दिएका छन् । 

बस बुडर बजारबाट सात किलोमिटर ठाढा रुपसकाँडामा राती साढे २ बजेतिर दुर्घटना भएको हो । बस सडकबाट तीनसय मिटर तल खसेकाले मृतकको सङ्ख्या अझै बढन सक्ने अनुमान गरिएको छ । दुर्घटना भीरमा भएको र चिसो पनि अत्याधिक भएकाले उद्धार कार्यमा निकै कठीनाई भइरहेको ईलाका प्रहरी कार्यालयका सहायक निरीक्षक विष्णुदत्त बडुले जानकारी दिए । उद्धार कार्य जारी रहेकाले मृतक तथा घाइतेहरुको नाम ठेगाना खुल्न सकेको छैन । उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि धनगढीको अत्तरियामा पठाइएको छ । अहिले घटनास्थलमा नेपाली सेना, जनपद र सशस्त्र प्रहरीले उद्धारकार्य जारी राखेका छन् । बसमा झन्डै ४५ जना यात्रुहरू रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु