dashain
Wednesday, 17 October 2018 07:00 am, Nepal

पैसा नतिर्नेको लाईन काट्न शुरु

मेचीकाली : 2013-01-08 17:42:31


अछाम, २४ पुस : अछाम जिल्लामा लामो समयसम्म पनि बिजुलीको महसुल नतिरेका ग्राहकको लाईन काट्न थालिएको छ । जिल्लामा रहेको कैलास खोला साना जलविद्युत केन्द्रबाट बिजुली उपभोग गरी तीन महिना भन्दा बढी महसुल नतिरेका ग्राहकको विजुली काट्न थालिएको केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार सदरमुकाम हुँदै साँफेबगर, जयगढ बयलपाटालगायतका ठाँउमा महसुल नतिर्ने सबै ग्राहकको लाईन काटिने पनि भएको छ । लाईन काटिएका ग्राहक जोड्न आएमा तीनसय जरिवाना गरेर लाईन जोडिने केन्द्रका लेखापाल चित्रराज बजगाईले बताउनु भयो । साउन यता लाईन काट्न थालिएको यो चौथो पटक हो । अछाम जिल्लामा लाईन काट्ने सूचिमा एकसय ग्राहक रहेको पनि लेखापाल बजगाँईको भनाई छ । जिल्लामा २६ सय ग्राहकले बिजुली उपभोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु