dashain
Wednesday, 17 October 2018 04:23 pm, Nepal

हासमीका आमा र दाजू जेल चलान, प्रेमी भने छुटे

मेचीकाली : 2013-01-04 18:59:59


वर्दिया, २० पुस : बर्दियामा जिउँदै जलाएर हत्या गरिएकी शिवा हासमीका आमा र दाजूलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला न्यायाधीश धनसिंह महराको इजलासले शिवाकी आमा हसिना र दाजू सिद्धु हासमीलाई थुनछेक आदेश सहित कारागार चलान गर्ने आदेश दिएको हो । 

शिवाका प्रेमी तथा घटनाका आरोपी बाबु भनिने रईस खानलाई भने अदालतले २५ हजार रुपैयाँ धरौटीसहित तारेखमा रिहा गरिएको बर्दिया जिल्ला अदालतका शाखा अधिकृत धनसिंह गिरीले जानकारी दिए । 

बाबु खान विरुद्ध किटानी जाहेरी दिने शिवाका दाजू रिजवान हासमी भने फरार छन् । शिवाका छिमेकी आरिफ अहमद राईनले घटनामा शिवाकै परिवारको हात रहेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले आमा र दाजूलाई पक्राउ गरेको थियो । 

गत मंसिर २२ गते विहान घरभित्रै पेट्रोल छर्किएर शिवामाथि आगो लगाईएको थियो । उनको गत मंसिर २७ गते काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

यो विषयका प्रतिक्रियाहरु

Tshering Dorje Sherpa:Jan 7, 2013 08:21:48 AM

नेपाल मा अपराधी लाई सजाय नहुने भएर त हो बेलायत मा नेपाल को मह सेनानी लामा लाई पक्रिनु /यस बाट अरु नेता हरुको घैट मा बल्ल घाम लहेउ कि ?

karma lama.kavre. haal kyuwa:Jan 5, 2013 01:13:06 PM

kitaanijaaheridine शिबाका दाइ काहा भाग्यो उसलाई पनि आजिबन सजाय पाउनु पर्छ .

pavan lama :Jan 5, 2013 01:07:17 AM

जिउदै मान्छेलाई जलयर मार्छन र २५ हजार धरौटी राखेर त्यो हत्यारा लाई
त्येतिमै छुद दिन्छा भने भोलिको दिनहरुमा कसले को मार्नेछ हेर्दै जउ के
नेपालको कानुन येही हो? एउटाले त्येस्तो अपराध गर्यो र तेस्लाई भोक
प्यासमा तड्पेर जिउन बध्या बनायो भने र जिवनभर जेलमाथुनेर कडा भन्दा
कडा सजाई देउ त कसैले कसैको हत्या गर्ने हिम्मत गर्नसक्छ ?यी जब
२५ हजारमा मान्छे मारेर छुट पउछ भने जसले जो मारे पनि भयो नि कानुन
छ भन्छन नेपालमा केको कानुन छ नेपालमा? नेपालमा कानुन छ हो तर त्यो
कानुन पैसामा बिकेको कानुन हो/ कैदीलाई सजाई दिने कानुन नेपालमा बनउन
सकेको भए के यो दिन देख्नु पर्ने थियो? दिनदिनै बलात्कार भयो बीच बाटोमा
मान्छे मार्यो भन्छन एस्तो भए पच्छी किन मान्छे मार्दैन किन बलात्कृत
हुदैन नेपालमा कानुन भएको भए एस्तो घृणित काम कसैले गर्थ्यो? साले
कानुन बनाउने नेपालको नेताहरु सबै पैसामा बिक्ने हरु छन् भने के नेपाली
समाजले शान्ति पउछन्????????????? साले सबै चोरहरु //////

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु