dashain
Monday, 15 October 2018 04:39 pm, Nepal

बस पल्टँदा १४ घाइते सातको अवस्था गम्भिर

मेचीकाली : 2012-12-21 17:53:29


डोटी, ६ पुस : कैलालीको टीकापुरबाट धनगढीतर्फ जाँदै गरेको यात्रुवाहक बस आज बिहान पल्टँदा १४ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गको चुहा ६ गुलरामा बिहान साढे ८ बजेतिर से १ ख ५२८ नम्बरको यात्रुवाहक बस सडकदेखि तल खसेको हो । दुर्घटनामा परेका घाइते १३ जनामध्ये सातजनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । 

गाडीले ‘ओभरटेक ’ गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये सवारी चालक विजय परियार, गाडी साहु जितेन्द्र चौधरी, टिकापुरका ओमप्रकास मगर, दुर्गौली ९ का रामबहादुर विक, दरख ४ का श्रवण चौधरी, जोशीपुर २ का सुनिल चौधरी र टीकापुर ३ का पारस शाहको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई अत्तरिया स्थित पद्मा अस्पतालमा उपचारका लागि लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु