Tuesday, 19 June 2018 04:32 pm, Nepal

पूर्व सभासदको ज्यादतीविरुद्ध भन्सार कर्मचारी आन्दोलित

मेचीकाली : 2012-12-21 08:47:31


कपिलवस्तु, ६ पुस : आफ्ना कर्मचारीलाई पूर्व सभासदले अभद्र व्यवहार गरेको भन्दै विगत दुई दिन देखि कृष्णनगर भन्सार कर्मचारीहरुले काम ठप्प पारेका छन् । पूर्व सभासद एवं फोरम नेपालका नेता अभिषेक प्रताप शाहले कर्मचारीलाई गाली गलौज गरेको र अभद्र व्यवहार गरेको भन्दै विरोध स्वरुप कलम बन्द गरेका हुन् । 

कार्यालयका १९ कर्मचारीहरुले प्रकाशित गरेको विज्ञप्ती प्रति ऐक्यबद्धता जनाउदै मुलुक भरिका भन्सार कार्यालयहरुमा हिजो काम ठप्प गरेको कृष्णनगर भन्सार कार्यालय प्रमुख मिमांश अधिकारीले जानकारी दिनुभयो । सीमा प्रहरी चौकी हर्दौना र सिर्सिहबा प्रहरी चौकीले भन्सार छलेर ६ वटा भैसी र ५ पाडा अवैध रुपमा भारत लैजादै गर्दा पक्राउ गरि भन्सार कार्यालय बुझाएका थिए । ती भैंसी र पाडासहित सँगै पक्राउ परेको एकजनालाई शाह नेतृत्वको समूहले ४ दिन अघि परिसर भित्रैबाट जबर्जस्ती लग्दै कर्मचारीहरुलाई धम्की दिंदै अभद्र व्यवहार गरेको कर्मचारीहरुको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले घटना बारे अनुसन्धान भइरहेको र तत्काल भन्सार खुलाउन पहल भइरहेको बताउनुभयो । उहाले कर्मचारी माथि अभद्र व्यवहार गर्नेलाई कारवाही गरिने जानकारी दिनुभयो । पूर्व सभासद् साहले भने स्थानीय एक व्यक्तिकै भैंसी भएकाले छाड्न आग्रह मात्र गरेको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु