dashain
Monday, 15 October 2018 05:04 pm, Nepal

बिहे गर्न नमानेपछि केटा पक्षद्वारा क्षतिपूर्ति माग

मेचीकाली : 2012-12-03 17:34:31


रोल्पा, १८ मंसिर : रोल्पामा एक किशोरीले बिहे गर्न नमानेपछि केटा पक्षले क्षतिपूर्तिको माग गरेका छन् । तालाबाङ ७ भसमाखोरका १७ वर्षीय दिलमाया पुन मगरले लगभग दोब्बर उमेरका गाँँउकै ३० वर्षीय स्थानिय केटासँग बिहे गर्न नमानेपछि केटापक्षले बिहे खर्च मागेको दिलमायाले बताउनुभयो । 

दाङमा सिलाईकटाई सिकिरहेकी दिलमायाले बिहे गर्ने इच्छा नभएको बताउनु भएको छ । बहिनीले बिहे गर्न नमानेपछि केटा पक्षलाई यस बारेमा पटक पटक जानकारी गराए पनि उनीहरु १४ गते जन्ती लिई घरमा आएको र केटी ल्याउन वा १० लाख बराबरको क्षतिपूर्ति दिन दबाब दिएको बालिकाका दाई हस्तबहादुर पुनले बताउनुभयो । तीन दिनसम्म केटीको घरमा बसेका उनीहरुलाई प्रहरीले घर पठाए पनि अहिले आएर केटा पक्षले नै प्रहरी चौकी इरिवाङ ओवाङमा क्षतिपूर्तिकालागि उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु