Tuesday, 26 September 2017 02:53 pm, Nepal

'चार दलको सहमति मान्य हुदैन'

मेचीकाली : 2012-12-02 08:00:38


सीपी गजुरेल , उपाध्यक्ष, नेकपा - माओवादी

० सहमतीय सरकार गठनको लागि राष्ट्रपतिबाट दिइएको पहिलो समयसीमा सकिएसागै फेरि समय थपिएको छ, थपिएको समयमा सहमति बन्ला ?

सामान्य अवस्थामा सहमति हुने छाटकाट देखिदैन । राजनीतिक दलहरूको शक्तिको स्रोत एउटै भएको हुनाले उसको भूमिकाले सहमति हुन पनि सक्छ । अन्यथा यसरी राजनीतिक दलहरूबीच व्यापक अन्तर देखापरेको छ, त्यसको आधारमा सहमति हुने सम्भावना देखिन्न । बाहृय शक्तिले भूमिका खेलेको अवस्थामा चामत्कारिक ढङ्गले सहमति नहोला भन्न सकिन्न । होइन भने दलहरूकै छलफलले सहमति निस्कने सम्भावना छैन । 

० राष्ट्रपतिले सहमतिको प्रयास भन्दै केही दलहरूलाई मात्र बोलाएर छलफल गर्ने गरेका छन्, यसरी सहमति निस्केला र ?

हामीले हाम्रो पार्टीको प्रतिनिधिमण्डल गएर राष्ट्रपतिसमक्ष यस विषयमा प्रस्ट कुरा राखिसकेका छौ । हामीले राष्ट्रपतिलाई तीन दल र मधेशीमोर्चाबीच सहमति भएर मात्र वास्तविक सहमति हुादैन भनेका छौा । यो बेकारको कसरत हो । चार शक्तिबीच भएको सहमति हामी नै मान्दैनौ । यो कुरा हामीले राष्ट्रपतिसागको भेटमा भनिसकेका छौ । साच्चिकै समस्या समाधान गर्ने हो भने संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाएर गोलमेचसभा गर्नुपर्छ । हामीले गोलमेच सभा भनेकोमा धेरैलाई शब्दप्रति आपत्ति छ भने त्यसको नाम अर्कै राखे पनि हुन्छ । सबै शक्तिको राय लिएर अगाडि बढियो भने वास्तविक सहमति हुन्छ । चार दलबीच भएको सहमति कसैले मान्दैनन् । यस कारण त्यस्तो खालको सहमतिको कुनै औचित्य नभएको कुरा हामीले राष्ट्रपतिलाई राखेका छौ । 

० तपाईंहरूले आफूलाई तेस्रो ठूलो दलको रूपमा दाबी गर्नुभएको कुरा प्रचारमा आएको छ, वास्तविकता के हो ?

विघटित संविधानसभाअनुसार एमाले फुटेपछि तेस्रो शक्तिको रूपमा हामी आएका छौ । अशोक राईसाग चौबीसजना सभासद् गएपछि एमालेसाग पचासीजना आसपासका सभासद् हुन जान्छ । हामीले एकानब्बेजनाको नाम राष्ट्रपतिलाई बुझाएका छौ । हामीसाग एकानब्बेजना पूर्वसभासद्हरू भइसकेको अवस्थामा हामी तेस्रो ठूलो दल हुन्छौ। 

० पार्टी महासचिव रामबहादुर थापा 'बादल'लाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सार्नुभएको छ, के छ सम्भावना ?

हो, हामीले बादललाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सारेका छौ । उहालाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सार्नुपछाडि दुईवटा कारण छन् । अहिले दुईवटा समीकरण देखापरेको छ । एउटा प्रचण्ड-बाबुराम र अर्को काग्रेस-एमाले समीकरण देखापरेको छ । जसले गर्दा अन्य शक्तिहरू एउटा समीकरणको पछाडि लाग्नैपर्ने अवस्थाजस्तो देखापरेको छ । हामी यसमा सहमत छैनौ । हामी न प्रचण्ड-बाबुरामको समीकरण पछाडि दौडनेवाला छौ, न काग्रेस-एमालेको । त्यसकारण हामीले आˆनो उम्मेदवार दिएका हौ । हामीले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेसागै उहाको पक्षमा प्रचार-प्रसार एवं छलफल अगाडि बढाइसकेका छौ । यस विषयमा प्रचण्ड-बाबुराम पनि सकारात्मक देखिएका छन् । यस विषयमा यहाबाट मात्र निर्णय नहुने अन्यत्रैबाट हुने भएकाले अहिले नै केही भन्न सकिन्न । संविधानसभाको निर्वाचनपछि जे-जति प्रधानमन्त्री बने त्यसमा अन्तैको भूमिका छ भन्ने कुरा प्रस्ट भइसकेको छ । त्यसकारण कमरेड बादल प्रधानमन्त्री भइहाल्ने कुनै ग्यारेन्टी छैन । बाहृय शक्ति खुसी भयो भने यो हुन सक्छ तर हामी त्यतातिर लाग्दैनौ । राष्ट्रिय हितमा हामी कसैसाग सम्झौता गर्दैनौ । 

० सरकारको नेतृत्व दाबी गरेर तपाईंहरू पनि पुरानै संसदीय धारमा लाग्नुभयो होइन र ?

सरकारमा जादैमा संसदीय भासमा डुबिदैन । सरकारमा गएर क्रान्ति पूरा गराउने आधारहरू तयार गर्न सकिन्छ । पतन हुनका लागि सरकारमा जाने होइन, प्रचण्ड-बाबुरामहरू पतन नै भए । त्यसकारण आमजनतामा आशंका हुनु स्वभाविकै हो । हामी सरकारमा पार्टीको एजेण्डा र जनसंविधान बनाउन जाने हुनाले हामी पूर्णरूपमा पार्टीको नीति र योजनाको नियन्त्रणमा हुन्छौ । खतरा भने रहन्छ, त्यो विगतले पुष्टि गरेको छ, हामी त्यसबारेमा सतर्क छौ । 

० अहिले बाह्य शक्तिको हस्तक्षेप प्रत्यक्षरूपमा अगाडि बढेको छ, भारतीय नेताहरू आएर सिधै हस्तक्षेप गरिरहेका छन् । यस विषयमा पार्टीको धारणा के छ ? 

हामी यतिबेला राष्ट्रिय स्वाधीनता खतरामा छ, सार्वभौमिकतामाथि हस्तक्षेप भइराखेको छ, भन्दै आइरहेका छौा । यो कुरा पुष्टिसमेत हुादै गएको छ । 

० तपाईंहरूको पार्टीका सचिव चीन भ्रमणमा गएको कुरा प्रचारमा आएको छ, यस्तो अवस्थामा चीन भ्रमणमा जानुको कारण के होला ?

चीनले विभिन्न दलका नेता एवं विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तित्वहरूलाई चीन भ्रमणको लागि आमन्त्रण गर्दै आएको छ । त्यही सिलसिलाआन्तर्गत हाम्रो पार्टीका सचिव विप्लव चीन जानुलाई रहस्यको विषय बनाउन आवश्यक नै छैन ।

० संसद्वादी दलहरूले त चीनको सदासयता लिन त्यता गएको भनिरहेका छन्, नि ?

चीनको सहयोग लिन चीन नै जानु पर्दैन । चीन जादैमा उसको सदासयता पाइन्छ भन्ने पनि होइन । चीन भ्रमणमा काग्रेस, एमाले, प्रचण्ड, बबुराम सबै गइराखेका छन् । चीन जादैमा उसको सहयोग पाइने नत्र नपाइने भन्ने कुरै होइन । चीनसागको मित्रतालाई हामीले विशेष महत्व दिएकै छौा । चीनले अहिलेसम्म हाम्रो आन्तरिक मामलामा कुनै पनि हस्तक्षेप गरेको छैन । हाम्रो राष्ट्रिताको विषयमा चीनसाग कुनै त्यस्तो समस्या पनि आएको छैन । त्यसकारण यस्तो छिमेकीसाग मित्रता बढाउन जायज हुन्छ भन्ने हामीलाई लागेको हुनाले उसागको सम्बन्धलाई हामीले महत्व दिएका छौ । हामी कसैको दलाल बनेर उसको हितमा काम गर्दैनौ । नेपाली जनता र राष्ट्रको हित जोसाग सम्बन्ध राख्दा हुन्छ, हामी त्यसैसाग सम्बन्ध राख्र्छौं । 

० मुलुकको राजनीति संकटग्रस्त बन्दै गएको बेला तपाईंहरू महाधिवेशनको तयारीमा हुनुहुन्छ, कता-कता मात्र ध्यान दिनुहुन्छ ?

हामीले अहिले मुख्यगरी महाधिवेशनलाई ध्यान दिनुपर्छ भनेका छौ । तर, मुलुकमा ठूलै राजनीतिक उथलपुथल भयो भने हाम्रो महाधिवेशन छ, त्यसकारण यो उथलपुथलसाग कुनै मतलब छैन भन्दैनौ । त्यस्तो अवस्था आएछ भने महाधिवेशन केही दिन पर सार्न पनि सकिन्छ । राजनीतिक उथलपुथल कुन बेला हुन्छ, ग्यारेन्टी हुादैन । हामीले चाहादैमा हुने कुरा पनि होइन । त्यस्तो अवस्थामा हामी महाधिवेशनको कार्यक्रममा लचक हुन्छौ । 

० अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?

इतिहासमै नभएको राजनीतिक संकट यतिबेला देखापरेको छ । संकटपूर्ण घडीमा हामी छौ । यो संकटले गलत दिशा पक्र्यो भने मुलुक प्रतिगमनतर्फ पनि जान सक्छ । यो संकटले मुलुकलाई आमूल परिवर्तनतर्फ समेत लान सक्छ । यस्तो अवस्थामा विद्यमान संकटलाई आमूल परिवर्तनमा बदल्न सबैमा आग्रह गर्न चाहन्छु ।

-क्षेप्यास्त्रबाट

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु