dashain
Wednesday, 17 October 2018 05:52 pm, Nepal

स्याङजाको साल्मेडाँडामा ६० हजार गोरखाको काजकिरिया गरिँदै

मेचीकाली : 2012-11-20 08:50:39


स्याङजा, ५ मंसिर : विश्व शान्ति र ब्रिटिश साम्राज्यको सम्बृद्धिको पक्षको युद्धहरुमा मारिएका, बेपत्ता पारिएका ६० हजार पितृ गोरखाहरुलाई  गोरखा भुतपूर्व सैनिक संघ(गेसो)को आयोजनामा आजदेखि मंसिर ७ गतेसम्म स्याङजा जिल्ला फेदीखोला गाविस वडा नं ८ साल्मेडाडामो काजकिरिया तथा श्रद्धाञ्जली कार्यक्रम गर्नेभएको छ ।

ब्रिटिसको पक्षमा युद्धमा होमिएका गोरखा पितृहरुको अझै पनि आफ्नो सँस्कार अनुसार काजकिरिया समेत नभएकाले आत्मा शान्ति तथा पितृउद्धारका लागि आयोजना गरिने काजकिरियामा गुरुङ, मगर, राई, लिम्बु, पुन, याक्खा, सुनुवार, शेर्पा, तामाङ, दुरा, भुजेल, नेवार, ठकुरी, थकाली, दलित, बाहुन, क्षेत्री, ह्योल्मो लगायतका १८ जातिगत समूहले आ–आफ्नो सँस्कार अनुसार किरिया गर्नेभएकाछन।

किरियाका साथै गोरखा पितृलाई श्रद्धाञ्जलीका लागि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, लुम्बिनीबाट बौद्ध भिक्षुहरु लगायत विभिन्न धार्मिक गुरुहरुका १८ जातिका धार्मिक गुरुहरु लगायत विभिन्न समुदायगत सहभागी रहने भएको छ ।

दोश्रो विश्वयुद्धमा बाजे बेपत्ता हुनुभई पिडित बन्नुभएका तामाङ घेदुङ कास्कीका अध्यक्ष दीपक तामाङ, भुजेल समुदायका तर्फबाट युद्धमा बाजे हराई पिडित नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष समेत रहनु भएका पानबहादुर घर्ती, ह्योल्मो समुदायका तर्फबाट बेपत्ता परिवारका प्रेम ह्योल्मो, दुरा समुदायका तर्फबाट दुरा सेवा समाजका केन्द्रीय अध्यक्ष लोकबहादुर दुरा, राईको तर्फबाट तिलक राई, मगरको जगतबादुर थापा, नेवारको तर्फबाट विष्णु शंकर ख्वाउजु, दलितको तर्फबाट मिजार समाजको प्रतिनिधीले किरिया बस्ने भएकाछन ।

यसैगरी शेर्पाबाट नोर्बु शेर्पा, याख्याबाट चन्द्र देवान र लगन याख्या, सुनवारबाट लालमाया सुनवार, राईबाट अष्टबहादुर राई र गडुलमान राइ, लिम्बु जातिबाट यमबहादुर लिम्बुको सहभागीता रहने भएको छ भने गुरुङ र पुन समुदायबाट समुहगत किरिया बस्ने बताइएको छ ।

यसैगरी ब्राम्हाण, क्षत्री र ठकुरी समुदायबाट मंसिर ५ गतेबाटै श्रद्धाञ्जली कार्यक्रममा संस्थागत सहभागीता रहने र पितृ उद्धारका लागि मंसिर ७ गते एकाहा गर्ने क्षत्री समाज कास्कीका अध्यक्ष पदमबहादुर कार्कीले जानकारी दिनुभयो । यसैगरी मंसिर १२ गते साल्मेडाडामा गोर्खा स्मारकको पहिलो चरणको निर्माण गोर्खा समाधिको शिलन्यास धार्मिक गुरुहरु र विभिन्न जातजातिका कन्याहरुबाट गरिने बताइएको छ । करिब ३ अरबको लगानीमा ५ वर्षमा निर्माण गरिने गोरखा स्मारकको पहिलो चरणको समाधिको भुतपूर्व सैनिकहरुबाटै करिब १० करोड चन्दा संकलन गरी १ वर्षमा सम्पन्न गर्ने गेसोका सभापति गुरुङले जानकारी दिनुभयो ।

यो विषयका प्रतिक्रियाहरु

kabiraj lamichhane:Nov 20, 2012 11:56:14 AM

आहा!!! कती राम्रो अनी स्धवाव को कुरा . यसैले त हाम्रो राष्टिया गान
मील्धो छ . मेरो अफ्फ्नु तर्र्फ्बता गोर्खे सलाम हाम्रो पौरखिला पित्री
आत्मा हरुलाई ,,,

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु