dashain
Wednesday, 17 October 2018 06:57 am, Nepal

गुल्मीमा पनि इ-लाइब्रेरी

मेचीकाली : 2012-10-05 14:44:16


गुल्मी–गुल्मीको एक विद्यालयले जिल्लामै पहिलो पटक विद्युतीय पुस्तकालय (ईलेक्ट्रोनिक्स लाईब्रेरी ) स्थापना गरेको छ । सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा उच्च माध्यमिक विद्यालय खानीगाउँले  विद्युतीय पुस्तकालय स्थापना गरेको हो । विद्यालयले आफ्नै लगानीमा २२ थान कम्पुटरद्वारा विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा मात्रै दिँदै आईरहेकोमा अबदेखि डिजिटल पुस्तकालयसमेत सन्चालन गर्ने भएको छ ।

 रातो बङ्गला फाउन्डेसनको समन्वय तथा शाझा शिक्षा ईपार्टी ललितपुरको प्राविधिक सहयोगमा पुस्तकालयको स्थापना गरिएको विद्यालयका प्राचार्य डोर विक्रम श्रीसले जानकारी दिनुभयो । विद्यालयले आयोजना गरेको एक कार्यक्रमका बिच जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले पुस्तकालयको उद्घाटन गर्नुभएको हो । लाईब्रेरीको माध्यमबाट विद्यार्थीहरुले एकैपटक ३५ सय पुस्तकको अध्ययन गर्न सक्ने साझा शिक्षा ईपाटी ललितपुरका प्राविधिक सुमित आचार्यले जानकारी दिनुभयो । अडियो, भिडियो तथा डिजिटल प्रविधिको माध्यमबाट उनीहरुले उत्साहका साथ अध्ययन गर्न सक्ने अर्का प्राविधिक आभास मुल्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु