Tuesday, 14 August 2018 07:24 pm, Nepal

कपिलवस्तु नरसंहारको आज पाँच वर्ष पुरा

मेचीकाली : 2012-09-15 08:37:58


कपिलवस्तु, ३० भदौ : २०६४ साल भदौ ३० गते कपिलवस्तको विरपुर गाविसको कुदरभेटवा गाउँका भएको नरसंहारको आज पाँच वर्ष पुरा भएको छ । स्थानिय नेता मोईद खाँको हत्यापछि भड्किएको हिंसाबाट नरसंहार, आगजनी, बलत्कार, लुटपाटका घटना भएको दिनको स्मरण गर्दै आज कपिलवस्तुमा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ  । 

कपिलवस्तुको चन्द्रौटा बजारमा विशाल ¥यालि निकालेर घटनाका पीडितहरुले स्मरण दिवस मनाउने तयारी गरेका छन् ।  घटनाका पीडितहरुको पक्षमा सर्वोच्च अदालतले निर्णय गरिसकेको र विभिन्न संघ संस्थाहरुलेसमेत पीडित पक्षलाई सहयोग गर्दै आएकोले सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्दै स्मरण दिसवको मनाउन लागिएको घटना पीडित संघर्स समितिले जनाएको छ । यस अघि कालो दिनको रुपमा मनाउने गरिएको यो दिनलाई यस वर्ष भने स्मरण दिवसको रुपमा मनाउन लागिएको हो । दिवसमा रुपन्देही, दाङ, कपिलवस्तुका घटना पीडितहरु सहभागी हुने भएका छन् । 

२०६४ साल भदौ ३० गते विरपुर ६ कुदरभेटवाका स्थानीय अव्दुल मोइद खांको अज्ञात समूहले गोली हानी हत्या गरेपछि कपिलवस्तुमा भड्केको हिंसामा परी मोइद खांसहित १४ जनाको ज्यान गएको थियो भने १ सय २३ सवारी साधन, कपिलवस्तुका विभिन्न गाविसका गरी ७ सय २९ घर धुरीको करिब ५० करोड बराबरको धनसम्पति जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु