Happy tihar
Friday, 20 October 2017 12:55 pm, Nepal

कालिकोटमा यात्रुबाहक बस दुर्घटना, कम्तीमा २८ जनाको मृत्यु, ११ जना गम्भीर घाइते

मेचीकाली : 2012-09-11 08:10:15


कालिकोट, २६ भदौ : कालिकोटको पाखा गाविस १ विर्तामोडमा गएराति भएको बस दुर्घटनामा परी कम्तीमा पनि २८ जनाको मृत्यु भएको छ । कालीकोटबाट जुम्ला जॉदै गरेको कर्णाली यातायातको ना ४ ख ६८७७ नम्बरको बस गएराति करिब ११ बजे पाँखा गाविस १ बिर्तामोड भन्ने ठाउ‘मा दुर्घटनामा परेको थियो । करिब ६ सय मिटर तल तिला नदीमा बस खसेको थियो । 

दुर्घटनामा परी ११ जना गम्भीर घाइते भएका छन् भने ५ जना हाम फालेर बाँच्न सफल भएका छन् । घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा एम्बुलेन्सबाट ल्याइएको छ भने बाँकी घाइतेको उद्वार जारी रहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले जानकारी दिनुभएको छ । नेपाली सेना र प्रहरीको टोलीले उद्वार जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु