Monday, 22 January 2018 08:15 am, Nepal

अपडेट : गुल्मीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

मेचीकाली : 2012-09-09 10:24:47


गुल्मी, २४ भदौ : गुल्मीको तम्घासबाट काठमाडौं आउंदै गरेको लु १ ख ५५८३ नम्बरको बस गुल्मीको श्रृंगामा दुर्घटना हुंदा १३ जनाको मृत्यु भएको छ । मृतक मध्ये १० जनाको घटनास्थलमै र वाकी ३ जनाको श्रृङ्गा हेल्थपोष्टमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकहरुको सनाखत हुन सकेको छैन भने प्रहरी र स्थानीयवासीले उद्दार गरिरहेका छन् । 

बस सडकबाट करिब दुई सय मिटर तल खोचमा खसेका कारण मृतकको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये २५ जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । सांघुरो बाटो र घुम्ती भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीको छ ।

यो पनि हेर्नुहोस् 

बस दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु, मृतकको संख्या बढ्न सक्ने

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु