Wednesday, 25 April 2018 08:21 pm, Nepal

बस दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु, मृतकको संख्या बढ्न सक्ने

मेचीकाली : 2012-09-09 08:35:58


गुल्मी, २४ भदौ : तम्घासबाट काठमाण्डौका लागि छुटेको डाँक बस दुर्घटना हुदाँ कम्तीमा ८ जनाको मृत्यु भएको छ । विहान तम्घासवाट काठमाण्डुका लागि छुटेको वस लु १ ख ५५ ८३ नम्वरको वस दुर्घटना भएको हो । स्थानीयवासीहरुले अहिलेसम्म ९ जनाको मृत्यु भएको जनाएपनि प्रहरीले भने ८ जनाको मात्रै पुष्टि गरेको छ । 

 घटनास्थलमा रहेका पत्रकार युगराज वस्यालले दिएको जानकारी अनुसार वस क्षतविच्छेत अवस्थामा रहेको छ । दुर्घटनामा ज्यान गुमाएकाहरु कसैको पनि सनाखत हुन सकेको छैन । दुर्घटनामा घाईते भएकाहरुको उद्धार गर्दै स्वास्थ्य संस्था पठाईएकोले घाईतेहरुको ऐकिन विवरण आउन सकेको छैन् । वस गुल्मीको श्रृङ्गा र लुम्छाको बिचमा दुर्घटना भएको हो । 

स्थानीय बासी र प्रहरीले घाईते उद्धार गरीरहेका छन । बस सड्क देखि २ सय ५० मिटर तल खसेको छ । बसले बिहान २४ जनाको चलानी बुझेको पश्चिम नेपाल बस व्याबसायी समिती तम्घासले जनाएको छ ।

यो विषयका प्रतिक्रियाहरु

tika bahadur woli:Sep 9, 2012 12:24:58 PM

nepal ma bus durghatana hunuko parmukha karana k hola thank???

bishal:Sep 9, 2012 10:04:30 AM

कीना होला नेपालमा बस दुर्घना बती हुने गरेको

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु