dashain
Wednesday, 17 October 2018 06:58 am, Nepal

अछामको तुर्माखाँद गाविसमा झाडापखालाबाट २ जनाको मृत्यु

मेचीकाली : 2012-08-22 08:49:06


अछाम, ६ भदौ : अछाम जिल्लाको तुर्माखाँद गाविसमा झाडापखालाबाट २ जनाको मृत्यु भएको छ । गाविसको वडा नम्बर ८ की ३५ वर्षीय कोकिला विक र ११ वर्षीय जैभाने विकको झाडापखालाका कारण मृत्यु भएको स्थानीय हर्कबुढाले बताउनुभयो । तुर्माखाँद ईलाका स्वास्थ्य चौकीबाट १ दिनको पैदल दूरीमा रहेको त्यो ठाउँमा उपचार नै नपाई उनीहरुको ज्यान गएको हो । 

वडामा झाडापखाला फैलिएको र आधा दर्जन बढी बिरामी भएका ईलाका स्वास्थ्य चौकी तुर्माखाँदले जनाएको छ । यता जिल्ला स्वास्थ्य कार्यालय रोग फैलिएको भए स्वास्थ्य कर्मीको टोली पठाउने बताएको छ । यसका लागि पहल भइरहेको स्वास्थ्य प्रमुख डा. रामबहादुर केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु