dashain
Wednesday, 17 October 2018 01:01 am, Nepal

खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालयमा छापा

मेचीकाली : 2012-07-27 17:40:20


डोटी, १२ साउन : सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तडको विकास निर्माणको रकम व्यापक दुरुपयोग भएको भन्दै डोटी जिल्लाका विभिन्न सरोकारवालाले दबाबपछि जिल्ला प्रशासन कार्यालय डोटीले आज खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालयमा छापा मारेको छ । प्रशासनले कार्यकारी निर्देशकसहित कार्यालयका महत्वपूर्ण कागजातहरु छानविनका लागि नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रशासन कार्यालय डोटीका सुब्वा तेजबहादुर खड्काको नेतृत्व र विद्यार्थीहरुको समन्वयमा गएको टोलीले आज मध्यान्ह कार्यालयमा छापा मारेको हो । अनियमितताको व्यापक चर्चा भएपछि अस्ति डोटी जिल्लाका विद्यार्थीहरुले प्रशासनलाई कार्वाहीका लागि दबाब स्वरुप पर्यटन कार्यालयमा तालाबन्दी गरेका थिए । यसअघि हिजो कार्यकारी निर्देशक गणेश सिंहले आफूलाई लगाएको आरोप गलत भएको भन्दै प्रेस विज्ञप्ति प्रकाशन गरेका छन् ।

 त्यस्तै आर्थिक वर्ष २०६८÷०६९ को निर्माण कार्यक्रममा विभिन्न निर्माण उपभोक्ता समितिलाई भुक्तानी गरेको रकम उपभोक्ता समितिका पदाधिकारी र कार्यकारी निर्देशकको मिलेमतोमा करीब ८३ लाख हिनामिना भएको आरोप लागेको छ । विगतमा समेत खप्तड क्षेत्र पर्यटन विकास समिति डोटीले लाखौँको भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा करीव दूई वर्ष मुद्दा चलेको थियो । यस क्रममा पर्यटन विकासको सम्पूर्ण अनुदान तथा कार्यालय व्यवस्थापनको खर्च समेत रोक्का भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु