Friday, 23 February 2018 10:18 am, Nepal

समयमा नै उपचार नपाउदा तेह्रथुममा एक गर्भवतीको ज्यान गयो

मेचीकाली : 2012-07-11 11:33:13


तेह्रथुम, २७ असार : समयमा नै उपचार नपाउदा तेह्रथुममा एक गर्भवतीको ज्यान गएको छ । ह्वाकु ६ बस्ने ७ महिनाकी गर्भवती १८ वर्षीया विमला कालीकोटेको उपचार अभावमा  ज्यान गएको स्थानीय अक्कलबहादुर इङ्नामले जानकारी दिनुभयो । हिजो दिउँसो काम गर्न मेला गएदेखिनै कालिकोटे विरामी हुनुहुन्थ्यो । 

कालिकोटेका परिवारले स्वास्थ्य सस्था लैजानुका सट्टा धामी झाँक्रीको भरमा राखेपछि मृत्यु भएको हो । गएराति कालिकोटेलाई विरामले धेरै चापेपछि बान्ता पनि भएको थियो । तर राती स्वस्थ्य संस्था लैजान समस्या भएको र रातभरी विरामीको अबस्था नाजुक हुदै गएपछि बिहान साँढे चार बजे कालिकोटेको ज्यान गएको हो  । कालिकोटेको पहिलेको बच्चाको पनि जन्मिएको एक महिनामा ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु