dashain
Wednesday, 17 October 2018 03:38 pm, Nepal

डाक्टरको लापर्वाहीका कारण पत्रकारको मृत्यु, पत्रकार आन्दोलनमा

मेचीकाली : 2012-07-10 14:23:26


एलपी देवकोटा 

खलङ्गा (जुम्ला), २६  असार : नेपाल प्रेश युनियन जिल्ला शाखा जुम्लाका सदस्य तथा हिमालयन टेलिभिजनका जुम्ला जिल्ला सम्वाददाता अर्जुन आचार्यको कर्णाली अञ्चल अस्पतालमा उपचारार्थ अवस्थामा कर्णाली अञ्चल अस्पतालका डाक्टर तथा कर्मचारीहरुको चरम लापरवाहीका कारण आज विहान निधन भएको छ ।

डाक्टरको लापरबाहीले मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालमा दोषीमाथी कारवाहीको माग गर्दै नारा जुलुस गरेका प्रहरीले नागरिक माथी भिड नियन्त्रण गर्ने नाममा लाठी चार्ज गरेको छ । जसवाट पिडितका ४ जना आफन्त घाईते भएका छन् ।

आजै अञ्चल अस्पतालमा पिडितका अफन्त, नेपाल प्रेश युनियनका प्रतिनिधी, नेपाल पत्रकार महासंघका प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष शिब न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिपेन्द्र जिसी, राजनैतिक दलका प्रतिनिधीहरु सम्मिलित बैठकमा मृतक आर्चायकी श्रीमतिको रोजगारी र छोरीको  उच्च शिक्षा सम्म निःशुल्क पढाउने सहमति भएपछि आफन्तले भर्खरै लाश बुझेको छन् ।   

 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु