dashain
Tuesday, 16 October 2018 10:34 pm, Nepal

२७ बर्षपछि फेसबुकले मिलन गरायो

मेचीकाली : 2012-06-28 20:22:50


ओखलढुंगा -घरपरिवारबाट करिब तीन दशकसम्म सम्पर्कविहीन हुनुभएका बलखु गाविस- ७ का भरत धमलाका लागि फेसबुक परिवारसँग भेट गर्ने गतिलो सहारा बन्यो। धमला घर छाडेर हिँडेको २७ वर्षपछि फेसबुककै सहाराले आफन्तको सम्पर्कमा आएका छन्।  बलखुस्थित मामा घरमा जन्मेर १८ वर्षसम्म त्यहीँ हुर्कनुभएका धमला २०४२ सालमा घर छाडेर हिँड्नुभएको थियो। आफन्त तथा घर परिवारले समेत माया मारिसकेका धमला एकहप्ता अगाडि मात्रै एक्कासि मावली भाइ कुमार लुइँटेलसँग फेसबुकमा भेटेर घर परिवारसँग सम्पर्कमा आएका हुन्।

फेसबुकमा भेट्दा पहिलो पटक त धमलालाई उनका आफन्तले नै चिनेनन्। मावली भाइ लुइँटेलको फेसबुकमा 'म भरत धमला दाइ हुँ' भनेर आफूलाई चिनाए पनि उहाँलाई सुरुमा नचिनेको लुइँटेलले बताए ।

'फेसबुकबाट परिचय दिनुभएका धमलालाई पहिला त चिन्ने कुरै भएन, पछि कुराकानी गर्दै जाँदा आफ्नै दाइ पो हुनुहुँदोरहेछ,' लुइँटेलले भने, 'विसं २०२४ मा मामाघरमै जन्मनुभएका धमलाको अठार वर्षको उमेरमा घर छाडेर भागेदेखि नै अत्तोपत्तो थिएन, कहाँबाट चिनेर एक्कासि फेसबुकमा आइपुगे म आफैँ अचम्मित छु। '

फेसबुकमा साथी बनेको ६ महिनापछि उनले फेसबुकबाटै आफ्नो मोबाइल नम्बर पत्तो लगाएर टेलिफोनबाट आफ्नो परिचय दिएको दुई महिनापछि घर आएको लुइँटेलले जानकारी दिए। आशा मारिसकेको छोरो एक्कासि घर आइपुग्दा उहाँका बुबा जयराज र आमा खडमायाको खुसीको सीमा नै रहेन।

'हामीले त बिर्सिसकेका थियौं,' आमा खडमायाले भनिन्, 'आस मारिसकेको छोराको अनुहार देख्न पाउँदा औधि खुसी छु।' छैन भनेको मान्छे अचानक घर आइपुग्दा घर परिवार मात्र होइन भरतको गाउँमै खुसी छाएको लुइँटेलले बताए।

यति लामो समयसम्म घर परिवारसँग सम्पर्कमा नआएका विषयमा परिवारले पनि त्यति चासो नदिएकोजस्तो लागेर सम्पर्कमा आउन नचाहेको बताउँदै धमलाले भारतको मुम्बइस्थित एक जिम क्लबमा काम गरेर जीवन गुजारा गरेको जानकारी दिए। जिम क्लबमा सामान्य तलबमा जागिर खाएर बस्नुभएका धमलालाई घर आउने खर्च नभएर पनि सम्पर्कभन्दा बाहिर रहेको हुनसक्ने स्थानीयवासीको भनाइ छ। घर छाडेको यतिका वर्षपछि नेपालस्थित आफ्नो घर फर्कन नचाहने दाइ भरतलाई धेरै आग्रहपछि घर बोलाउन सफल भएको लुइँटेलले बताए।

लामो समयसम्म हराएर भेटिनुभएका उनलाई नेपालमै बस्ने व्यवस्था मिलाइदिन सुनसरीको तरहरामा मावलीले केही जग्गासमेत किनिदिएका छन्। उहाँले अब आफू जन्मेको गाउँमै बस्ने योजना बनाएको बताए। रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु