Wednesday, 21 February 2018 01:05 pm, Nepal

शिक्षकलाई तबल दिन लिएर गएको १६ लाख बाटैमा लुटियो

मेचीकाली : 2012-06-28 08:38:11


तेह्रथुम, १४ असार : नकावधारी समूहले तेह्रथुम आठराईका दुई विद्यालयका शिक्षकहरुको तलव १६ लाख रुपैयाँ लुटेको छ । छातेढुंगाको पोखरी उच्च मावि र सरस्वती निमावि होडाका शिक्षकहरुको अन्तिम चौमासिक तलव बाटैमा लुटिएको हो । नकावधारी समूहले सदरमुकाम म्याङ्लुङ्गबाट विद्यालयको तलव लिएर फर्कदै गरेका शिक्षक र परिचरलाई कुटपिट गरी रकम रकम लुटेर लगेको प्रहरीले जनाएको छ । 

विद्यालयको तलव लिएर फर्कदै गरेका सरस्वती निमावि होडाका शिक्षक लोकनाथ पकुवाल र पोखरी उच्च माविका परिचर चुडामणी घिमिरेलाई नकावधारी ६÷७ जनाको समूहले छातेढुंगाको सुकेपोखरी नजिकै कुटपिट र लछारपछार गरी रकम लुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नकावधारी समूहले पोखरी उच्च माविका शिक्षकहरुको तलव साँढे १२ लाख र सरस्वती निमाविको करिव ४ लाख रुपैयाँ लुटेको पोखरी उच्च माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेजमान कन्दङ्गवाले बताउनुभयो । 

घटना भए लगत्तै प्रहरीलाई खवर गरे पनि प्रहरीले घटनाको अनुसन्धान र अपराधीहरुको नियन्त्रणमा ढिलाई गरेको कन्दङ्गवाले गुनासो गर्नुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविचन्द्र रिजालले घटनाको जानकारी भए लगत्तै जिल्लाभरका नाका शिलगरी अप्रेशन सुरु गरिएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु