dashain
Monday, 15 October 2018 04:41 pm, Nepal

चार महिनापछि पक्राउ परे बबरमहल बम काण्डका मुख्य अभियुक्त 'विश्वक्रान्ति'

मेचीकाली : 2012-06-27 11:12:07


B Krantiiविराटनगर, १३ असार : काठमाडौंको बबरमहल बम विष्फोट काण्डका नाइके देवराज लामा पक्राउ परेका छन् । प्रहरीले गएराती पाँचथरबाट उनलाई पक्राउ गरेको हो । पक्राउ गरेलगत्तै विराटनगर लगेर उनलाई आज बिहान सार्वजनिक गरिएको छ । क्षेत्रीय प्रहरी कार्यालयले उनलाई सार्वजनिक गरेको हो । 

पत्रकार सम्मेलनमा उनले आफूले आयल निगमअगाडि बम पड्काएको स्वीकार गरेका छन् । पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा बम पड्काएको उनले स्वीकार गरेका हुन् । क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेन्द्रवहादुर शाहले उनलाई संगठन विस्तारको क्रममा सक्रिय रहेको अवस्थामा पाँचथरको लुङ्रुपा २ बाट पक्राउ गरिएको बताएका छन् । 

शाहका अनुसार उनले केही समयभित्रै पूर्वका केही जिल्लामा बम पड्काउने योजना बनाएका थिए । त्यहाँ किरात जनवादी वर्कर्स र एकीकृत माओवादीका पूर्व लडाकुहरुसँग मिलेर उनले संगठन विस्तार गरिरहेका थिए । 

२०६८ फागुन १५ गते दिउँसो काठमाडौंको बबरमहलमा रहेको नेपाल आयल निगमको केन्द्रीय कार्यालयको गेटमा बम विष्फोट हुँदा ३ जनाको ज्यान गएको थियो  । मारिने तीनै जना धादिङका बासिन्दा थिए । प्रहरीले चार महिना लामो प्रयासमा उक्त बम काण्डका नाइकेलाई पक्राउ गर्न सफल भएको हो । यसअघि बमकाण्डमा संलग्न रहेका ६ जना पक्राउ परिसकेका छन् । वास्तविक नाम राजकुमार रहेका उनले आफूलाई विश्वक्रान्तिको रुपमा चिनाउने गर्दथे भने कतिपयले उनलाई देवराज लामाको रुपमा चिन्ने गरेका थिए । उनी धनकुटाका स्थायी बासिन्दा हुन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु