dashain
Wednesday, 17 October 2018 12:43 am, Nepal

पूर्वमा पनि मलको हाहाकार

मेचीकाली : 2012-06-17 19:29:37


विराटनगर, ३ असार : कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरले समयमै मल आयात नगर्दा पूर्वाञ्चलमा रसायनिक मलको हाहाकार भएको छ। मकै बालीमासमेत मल हाल्न नपाएका किसानले धान खेती सुरु हुने बेलासम्म पनि रासायनिक मल पाएका छैनन्।

कृषि सामग्री कम्पनीले आयात गरेर वितरण गर्नुपर्ने मल समयमा उपलब्ध हुन नसक्दा पूर्वाञ्चमा मलको अभाव भएको छ। कम्पनीको क्षेत्रीय कार्यालय विराटनगरका अनुसार गोदाममा युरिया र डिएपी मलको स्टक सकिएको छ। धान खेतीका लागि धेरै प्रयोग हुने युरिया तथा डीएपी मल समयमै नआए यसबर्ष कृषि सामग्री कम्पनीले किसानलाई मल उपलब्ध गराउन नसक्ने देखिएको छ। मल निर्यात गर्ने भारतीय कम्पनी एमएमटीसी मार्फत आयात गरिएको १० हजार मेट्रिकटन युरिया मल अझै आइपुगेको छैन। कम्पनीले रसायनिक मल उपलव्ध नगराएको भन्दै मोरङका किसानहरु आन्दोलित भएका छन्।

उनीहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर तत्काल मल उपलव्ध गराउन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्। युरिया मल आयातका लागि कम्पनीले तीन महिनाअघि नै भारतीय कम्पनीलाई पैसा भुक्तानी गरिसकेको छ। तर, अझैसम्म पनि मल आउन नसक्दा यसवर्ष धान उत्पादनमा कमी आउने किसानहरुको गुनासो छ।

यसबर्ष भारतले ३० हजार मेट्रिकटन डीएपी मल उपलब्ध गराउने सहमति गरेपनि मल पठाउन तत्परता नदेखाएको भन्दै किसानहरुले कृषि सामग्री कम्पनीमा धर्ना दिएका छन्। पहाडी जिल्लाका कृषि कार्यालय र प्रमुख जिल्ला अधिकारीहरुले रसायनिक मल पठाउन माग गरेपनि उपलब्ध गराउन नसकेको कम्पनीका क्षेत्रीय प्रबन्धक दिनेश श्रेष्ठले वताए। पूर्वाञ्चलका पहाडी जिल्लाहरुमा मकै र धान खेतीका लागि तत्काल मलको आवश्यकता छ। तर, मल उपलव्ध नहुंदा मकै र धान उत्पादन घट्ने भन्दै किसानले चिन्ता व्यक्त गरेका छन्। सरकारले किसानलाई सहुलियत मूल्यमा मल दिने घोषणा गरेको भएपनि खेतीको समयमा सधैं अभाव सृजना गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु