dashain
Wednesday, 17 October 2018 07:22 am, Nepal

काँग्रेस एमाले संघियता विरोधी भएको प्रधानमन्त्रीको आरोप

मेचीकाली : 2012-06-16 17:37:47


बाजुरा, २ असार : प्रधानमन्त्री डाक्टर बाबुराम भट्टाराईले काँग्रेस र एमालेका कारण संविधान निर्माण हुन नसकेको बतानुभएको छ । माओवादीले पहिचान सहितको संघियता र संघियता सहितको संविधान निर्माण गर्न खाजेपनि काँग्रेस एमालेका कारण संविधान बन्न नसकेको उहाँले दाबी गर्नुभयो । 

जेठ १८ गते रातीको हावाहुरी र बाढी पहिरोमा परी ज्यान गुमाएका र विस्थापित बनेका बाधु–९ पीपलडालीका पीडित परिवारलाई राहत दिन बाजुराको बाँधु पुग्नुभएका प्रधानमन्त्री डा. भट्टाराईले काँग्रेस र एमाले संघियता विरोधी भएको आरोप लगाउनुभयो । हेलिकप्टरमा विहान ११ः२५ बजे बाजुराको बाँधु पुग्नुभएका प्रधानमन्त्री डा. भट्टाराईले एकिकृत माओवादी बाहेकका पार्टीले नेपाल र नेपाली जनताको हित गर्न नसक्ने बतानुभएको छ। नेपाली सर्वहारा वर्गको उन्नती, प्रगति र विकासका लागि अन्य दलका कारण सोचे जस्तो काम गर्न नपाएको भन्दै प्रधानमन्त्री डा. भट्टाराईले दुखेसो गनुभयो । उहाँले हावाहुरी र बाढी पहिरोका कारण क्षतिग्रस्त बनेको बाधु–९ पीपलडाली र कोल्टी बजारको पुनः स्थापनाका लागि तत्काल केन्द्र स्तरबाटै पहल गरिने आश्वासन समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु